सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिसो मौसममा स्वस्थ रहन के खाने ?

महेन्द्रनगर– जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन् । महामारीको समयमा शरीरमा प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहनका लागिसमेत दैनिक खानपानमा ध्यान दिनुपर्ने हुन्छ ।

भिटामिन सीयुक्त खाद्यपदार्थःभिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसल शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । जाडो मौसममा एन्टिअक्सिडेन्टयुक्त खाद्य पदार्थ खानामा समावेश गर्नु निकै आवश्यक हुन्छ । यो समयमा सुन्तला, निम्बु, किबि, पालुंगोको साग आदि जस्ता खाद्य पदार्थ समावेश गर्न सकिन्छ ।

प्रोटिनको खपत बढाउने ःशरीरमा क्यालोरी खपत गर्नका लागि प्रोटिन मुख्य माध्यमहरू हुन् । सामान्यतया चिसोका कारण दैनिक गतिविधिहरूमा कम सक्रिय भइने हुँदा शरीरमा क्यालोरी सजिलै खपत हुँदैन । चिसोबाट बच्नका लागि अत्यधिक खानेकुराहरू खाइने हुँदा शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी हुन्छ, क्यालोरी सन्तुलनमा ल्याउनका लागि प्रोटिनयुक्त खाना उत्तिकै आवश्यक हुन्छ । प्रोटिनयुक्त खाद्यपदार्थको सेवनले भोक कम लाग्छ, जसले गर्दा खाना कम खाइने भएकाले क्यालोरी नियन्त्रणमा आउँछ ।

World Link Ads
Mahakali Polytechnic

तातो खानेकुराको सेवनःदैनिक प्रयोगमा ल्याइने खानाले शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । जाडोमा तातो खानाको सेवनले न्यायो अनुभव गराउँछ, जसले शरीरको तापक्रम घट्नबाट रोक्ने गर्छ । शरीरमा ऊर्जा बढाउनका लागिसमेत तातो खानेकुुरा सेवन गर्न सकिन्छ ।

Dirghayu Ads

अत्यधिक खानाःचिसो छल्नका लागि काममा बढी सक्रिय नहुने हुँदा सामान्यतया अल्छीपना निम्त्याउने गर्छ । योसँगै कमजोरीपन महसुस हुने हुँदा अत्यधिक खाना खान मन लाग्ने हुन्छ, जसले गर्दा अस्वस्थ जीवनशैली विकसित हुँदै जान्छ । आवश्यकभन्दा बढी खानाले तौल बढ्ने सम्भावना पनि बढेर जान्छ ।

पानीःचिसोका कारण अधिकांशले पानी एकदमै कम प्रयोगमा ल्याउँछन् । जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गौलामा पत्थरी हुने जस्ता समस्या निम्तिरहेका हुन्छन् । शरीरमा पानीको कमीबाट हुन सक्ने जोखिमबाट बच्नका लागि दैनिक कम्तीमा ६ गिलास पानी आवश्यक हुन्छ ।

Sana Kishan

फलफूल र तरकारीःनियमित खानामा फलफूल र तरकारी समावेश गर्नु आवश्यक हुन्छ । शररिलाई चाहिने आवश्यक तत्व फलफूल र तरकारीबाट पूर्ति हुने भएकाले चिसो मौसममा स्वस्थ खानपान अझ धेरै आवश्यक हुन्छन् । अत्यधिक चिसो, मसाला, प्रशोधित खाना, स्याचुरेटेड फुडको सट्टामा फलफूल र तरकारी खान आवश्यक हुन्छ । यसले प्रतिरोधी क्षमता बढाउनका साथै क्यालोरी खपत हुने भएकाले तौल सन्तुलनमा राख्न सकिन्छ ।

यो पनि पढ्नुहोस् ःयी ८ कुरामा दिनुहोस् ध्यान हुनेछ घरमा सँधै सुख शान्ति !!!ः यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः१) घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

२) घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ।३) घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ।

४) घरमा सर९सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ।५) घरमा परिवारको तस्विर राख्दा दक्षिण९पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।

६) भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।७) घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ। उत्तर–दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

८) घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ।

 

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.