सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशको ३१ जिल्लामा निःशुल्क इन्टरनेट पुर्याउने योजना सम्पन्न !

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सञ्चालित ३१ जिल्लाका परियोजना सम्पन्न भएको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै ३१ जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निमार्णको काम सम्पन्न भएको बताएको हो ।

यस परियोजना अन्तर्गत ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, अछाम, बझाङ्ग, बाजुरा, बैतडी, डढेल्धुरा, दार्चुला, डोटी, जाजरकोट, कालिकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम लगायतका जिल्लामा मर्कन्टाइल कम्युनिकेशन, भायानेट कम्युनिकेशन र वर्ल्डलिंक कम्युनिकेशनले ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न गरेका हुन् ।

World Link Ads
Mahakali Polytechnic

स्रोत : नेपाल दूरसञ्चार प्राधिकरण
त्यस्तै डोल्पा, जुम्ला, हुम्ला, मुगु, दैलेख, सुर्खेत, सल्यान, मनाङ, मुस्ताङ, बाग्लुङ, म्याग्दी, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ जिल्लामा वर्ल्डलिंक र टेकमाइन्ड्स् नेटवर्कले सेवा विस्तारको काम सम्पन्न गरेको प्राधिकरणले जनाएको छ ।

योसँगै यी जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था र केन्द्र र अस्पतालमा दुई वर्षका लागि निःशुल्क इन्टरनेट उपलब्ध हुनेछ ।

Sana Kishan

यीमध्ये कतिपय जिल्लामा काम सम्पन्न भएको दुई वर्ष पुरा भएर निःशुल्क सेवा प्रयोग गर्ने अवधि समेत समाप्त भइसकेको छ । भने, कतिपय जिल्लामा अझै बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

निःशुल्क अवधि सकिएका जिल्लाको हकमा सम्बन्धित निकायले प्राधिकरणले तोकेको मूल्यमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

प्राधिकरणका अनुसार तोकिएको जिल्लामा उपलब्ध गराइएको सेवाको विषयमा कुनै गुनासो भएको खण्डमा सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्न सकिनेछ ।

यदि सम्बन्धित सेवा प्रदायकले समस्या सम्बोधन नगरेको खण्डमा प्राधिकरणको फोन नं. ०१–४२५५४७४ मा फोन गरी एक्सटेन्सन नम्बर २५० अथवा २५२ डायल गरी गुनासो दर्ता गराउने सकिने प्राधिकरणले जनाएको छ ।

यसका साथै उक्त जिल्लाका कुनै पनि नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था र केन्द्र र अस्पतालमा इन्टरनेट सेवा जडान हुन छुट भएको खण्डमा १५ दिनभित्र प्राधिकरणमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।

 

(टेकपानाबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.