सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भए सारै अश्लील छाडा भनेको सुनिन्छ : धर्मानन्द भट्ट

भए सारै अश्लील छाडा भनेको सुनिन्छ।
मञ्चबाट नि नाफाघाटा भनेको सुनिन्छ।

लोभी पापीहरूको अड्डा भएर राजनीति,
इमान्दारहरू होउन् टाढा भनेको सुनिन्छ।

Sana Kishan

दर्शन पनि सबै बदलिँदो रहेछ समयसँगै,
गुरुले चेलालाई, फटाहा भनेको सुनिन्छ।                   

World Link Ads
Mahakali Polytechnic

भाषामा भने क्रान्तिकारी परिवर्तन भएछ,
सहरतिर लोग्नेलाई बाबा भनेको सुनिन्छ।

Dirghayu Ads

क्षितिज पारीका घामहरूको भविष्य हुदैन,
जहिले लेनदेन घाटानाफा भनेको सुनिन्छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.