कन्चनपुर- नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई दलालको संज्ञा दिएका छन्।
शनिबार नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछि लागेर गएको सुदूरपश्चिमको केटो दलाल भएको बताए।
ओली आफै दलाल हुनु दलालको पछि लागेर जाने झ्न दलाल भएको उनको भनाइ थिए। ‘हिजो सुदूरपश्चिमको एक नम्बर नेता भनेर पटक–पटक मन्त्री बनाए। आज मलाई छोडेर ओलीको पछि लाग्यो,’ उनले भने।
(unitykhabar.com बाट साभार)