सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

विप्लवका समूहका नेताको हैरानीः ९ महिनामा १३ जिल्ला फनफनी !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १७, २०७७
1 मिनेट पाठ

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ १३औं पटकको धरपकडपछि आइतबार छुटे । अधिकांशमा मुद्दामा साधारण तारेख र केहीमा धरौटी बुझाएर छुटेका उनलाई प्रहरीले चितवनको पुरानो मेडिकल कलेजको आकस्मिक कक्षबाट समातेको थियो ।

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
47

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
21

केही समयदेखि घरमै आराम गरिरहेका विरही रत्ननगरस्थित घरमा भ¥याङबाट लडेपछि अस्पताल भर्ना गरिएका थिए । त्यहीँबाट समातिएका उनलाई प्रहरीले विभिन्न मुद्दामा १३ जिल्ला घुमाएको छ ।

 

कतिसम्म भने विरही जिल्ला प्रहरी प्रहरी कार्यालय, मोरङको हिरासतमा रहेका वेला ७ भदौमा नुवाकोटमा भएको डोजर आगजनीको घटनामा पनि उनलाई प्रतिवादी बनाइयो ।

विप्लव समूहका नेताहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला–जिल्ला घुमाएको यो पहिलो पटक होइन । उनीहरुलाई अदालतले छाड्न आदेश दिने वित्तिकै प्रहरीले पक्राउ गरेर विभिन्न जिल्ला घुमाउने गरेको छ ।

विरहीलाई चितवनबाट पक्राउ गरेर पहिले राज्यविरुद्धको अपराध गरेको अभियोग लगाइएको थियो । तर, जिल्ला अदालतले प्रमाण अभाव भन्दै साधारण तारेखमा छाड्न आदेश दियो । प्रहरीले उनलाई बिना पक्राउ पूर्जी, अदालत परिसरबाटै गत १८ जेठमा नियन्त्रणमा लिएर अस्पतालमा निगरानीमा राखेको विरही पत्नी शोभा दुलाल बताउँछिन् ।

सुनसरीमा तारेखमा छुटेलगत्तै प्रहरीले पुनः पक्राउ गरेर उनलाई १३ असोजमा जिल्ला प्रहरी कार्यालय, भोजपुर पु¥यायो । भोजपुर प्रहरीले संगठित अपराध ऐन आकर्षित हुने चारवटा अभियोग लगाएर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझायो । त्यसमा उनी ७ हजार ५ सय धरौटी बुझाएर छुटे ।

उपचार जारी रहेकै वेला प्रहरीले उनलाई २० भदौमा धनुषा लगेर कर्तव्य ज्यान सम्बन्धी अभियोगमा मुद्दा चलायो । त्यसमा उनी १० हजार धरौटी तिरेर छुटे । फेरि धनुषा जिल्ला अदालत परिसरबाटै समातिएका उनलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा सुनसरी लगेर इलाका प्रहरी कार्यालय, धरानको हिरासतमा राखियो । त्यो प्रमाणित हुन नसकेपछि छुटे ।

प्रहरीले चितवनबाट सुरु गरेको बिरहीलाई जिल्ला घुमाउने क्रम अझै सकिएन । भोजपुर जिल्ला अदालत परिसरबाटै २१ असोजमा समातेर उनलाई संखुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रहरी कार्यालयमा लगेर संगठित अपराध ऐन अनुसार ९ वटा अभियोगमा मुद्दा लगाइयो । तीमध्ये ६ वटामा साधारण तारेख र ३ वटामा १०–१० हजार रुपैयाँ धरौटी तिरेर उनी छुटे ।

 

२४ कात्तिकमा छुटेका उनलाई संखुवासभा जिल्ला अदालत परिसरमै पक्राउ गरी मोरङको इलाका प्रहरी कार्यालय, बेलबारी लगेर बम विष्फोट सम्बन्धी मुद्दा चलाइयो । त्यसमा भने उनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमार्फत १६ मंसिरमा छुटे ।

तर, प्रहरीले सर्वोच्चको आदेश पनि टेरेन । त्यही दिन जरुरी पक्राउ पूर्जी दिएर इलाका प्रहरी कार्यालय, मालीगाउँ (काठमाडौं) लगेर बम विष्फोटन सम्बन्धी अर्को अभियोगमा मुद्दा चलायो । त्यसमा जिल्ला अदालत, काठमाडौंले विरहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दियो ।

अदालत परिसरबाटै १७ मंसिरमा उनी पुनः समातिए, महानगरीय प्रहरी परिसर, ललितपुर लगेर संगठित अपराध ऐन अनुसार दुई वटा मुद्दा चलाइयो । भोलिपल्टै साधारण तारखेमा छुटेलगत्तै प्रहरीले पक्राउ गरेर उनलाई नुवाकोटको इलाका प्रहरी कार्यालय, विदुर पु¥यायो । त्योसँगै डोजर जलाएको अभियोग पनि थपियो । डोजरमा अगजनी हुँदा मोरङको प्रहरी हिरासतमै रहेको पाइएपछि बिरही साधारण तारेखमा छुटे ।

नुवाकोटमा पनि अदालत परिसरमै समातिएका उनलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक लगियो । त्यहाँ पनि साधारण तारेखमा छुटेलगत्तै पुनः पक्राउ परेर दोस्रो पटक मोरङमा हाजिर गराइयो । जिल्ला अदालत, मोरङले पनि छाड्न आदेश दिएपछि बिरामी बिरही १३औं पटकमा थुनामुक्त भए ।

यो पनि पढ्नुहोस
विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?
उमा भुजेलको पनि उस्तै हैरानी

प्रहरीले विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेललाई ८ महिनाको अवधिमा १२ जिल्ला डुलाएर मुद्दा चलायो । १२ भदौ २०७६ मा सुनसरीबाट सुरु भएको उनको राजनीतिक हैरानी १२ औं जिल्ला सप्तरीमा पनि अभियोग प्रमाणित नभएपछि मात्र सकियो ।

सुनसरीमा भुजेललाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइएको थियो, जसमा उनी १० हजार धरौटी तिरेर छुटिन् । अदालतको गेटबाटै पक्राउ गरेर उनलाई प्रहरीले झापा लग्यो । झापामा ५ वटा भिन्दाभिन्दै प्रकृतिका मुद्दामा उनी साधारण तारेख र धरौटी बुझाएर छुटिन् ।

 

झापामा छुट्ने बित्तिकै समातिएर धनुषा र त्यहाँ पनि छुट्ने वित्तिकै कैलाली पु¥याइएकी उमामाथि बम विष्फोट गराएको मुद्दा चलाइयो, जसमा उनी साधारण तारेखमा छुटिन् । त्यहाँ पनि अदालत परिसरबाटै पक्राउ परेकी उनलाई प्रहरीले गोरखा पु¥याएर राज्यविरुद्धको अपराधमा मुद्दा चलायो । त्यसमा ५ हजार रुपैयाँ धरौटीमा छुटेकी उनलाई ललितपुर ल्याएर राज्यविरुद्धको अपराध र विष्फोटन लगायतको मुद्दा चलाइयो । ती सबै अभियोगमा साधारण तारेखमा छुटिन् ।

नेपाल प्रहरीको धैर्य र लगनशीलता कति भने ललितपुरबाट पनि पक्राउ गरेर भुजेललाई काठमाडौँ र त्यसपछि भोजपुर लगेर विष्फोटक पदार्थ, राज्यविरुद्धको अपराध लगायतमा मुद्दा चलाइयो । भोजपुरमा उनी चार वटा मुद्दामा ५० हजार रुपैयाँका दरले दुई लाख रुपैयाँ धरौटी तिरेर छुटिन् ।

प्रहरीले त्यतिमा मात्रै चित्त बुझाएन । भोजपुरमा पुनः पक्राउ गरेर संखुवासभा र त्यसपछि सुनसरी लगेर राज्य विरुद्धको कसूर, विष्फोटक पदार्थ, संगठित अपराध लगायतका ऐन लगाएर मुद्दा चलायो । सुनसरीमा साधारण तारेखमा छुटेर जिल्ला अदालतबाट निस्कदा निस्कँदै प्रहरीले पुनः पक्राउ गरेर उनलाई सप्तरी पु¥यायो ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीको हिरासतमा रहँदा भुजेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणाको रिट दायर गराइन्, जसबाट उनी छुटिन् । यसअघि १२ भदौ २०७५ मा काठमाडौंको बालाजुबाट पक्राउ पर्दा पनि उमा भुजेललाई प्रहरीले जिल्ला–जिल्ला घुमाएको थियो ।

यो पनि पढ्नुहोस
चन्दा असुलीमा केन्द्रित, हिंसातर्फ उन्मुख
अदालतको आदेश टेर्दैैन प्रहरी

विप्लव नेतृत्वको भूमिगत नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि प्रहरीले पक्राउ गरेर जिल्ला घुमाएपछि अदालतले छाड्न निर्देशनात्मक आदेश जारी गरेको थियो ।

 

उनलाई पक्राउ गर्नुको पर्याप्त कारण, आधार तथा प्रमाण नभएको भन्दै सर्वोच्च अदालतले दुई पटक आदेश जारी गर्दा पनि प्रहरीले जिल्ला घुमाउन छाडेन । न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले कानून कार्यान्वयन गर्ने निकायको कार्यशैलीमाथि गम्भिर प्रश्न उठाउँदा पनि प्रहरीको व्यवहार फेरिएन ।

अदालतको फैसलामा भनिएको थियो, ‘अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानूनी दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान भएकामा अदालतको गम्भिर सरोकार रहेको छ, निज विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहवरमा छाड्नू ।’

प्रहरीले अटेरी गर्दै विश्वकर्मालाई फेरि समातेर नुवाकोटमा मुद्दा चलाएपछि बन्दी प्रत्यक्षीकरणको निवेदन प¥यो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पहिलेको आदेश सम्झाउँदै छाड्न आदेश दियो ।

उक्त आदेशमा भनिएको छ, ‘यसरी पटकपटक पक्राउ गर्ने र यस अदालतबाट छाड्ने, साथै पुनः पक्राउ गर्न जरुरी पक्राउ पूर्जी जारी गर्ने कार्यबाट यी बन्दीलाई निरन्तर थुनामा राख्ने, प्रवृत्त भावना थिएन भन्ने विश्वास गर्न सकिने अवस्था देखिएन ।’

पाँचौँ पटकमा विश्वकर्मा छुटेका थिए । विप्लव समूहका अन्य नेताले प्रहरीबाट यस्तो हैरानी भोगिरहेकै छन् । रोल्पा जिल्ला कमिटी सदस्य विष्णु ओली त १८ पटक पक्राउ परेर छुटेका छन् ।

 

(onlinekhabar.com बाट साभार)

सिफारिस

बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
47
मुख्य समाचार

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७
21
मुख्य समाचार

भेट्छौ अनि छुट्टिन्छौ कुरा खास गर्दैनौ : धर्मानन्द भट्ट

फाल्गुन १५, २०७७
12
मुख्य समाचार

‘सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्छ, आउने परिणाम स्वीकार्छ’

फाल्गुन १४, २०७७
13
मुख्य समाचार

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाइने

फाल्गुन १४, २०७७
7
मुख्य समाचार

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७
19
अर्को

रेडियो निङ्गलाशैनीले अनलाइन टीभी सञ्चालनमा ल्याउदै !

आज धनगढीमा प्रचण्ड-नेपाल समूहको विशाल विरोधसभा, ५० हजार नागरिक सडकमा उतार्ने तयारी !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In