सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल र भारतको सिक्किम सडक सम्बन्धले जोडियो !

काठमाडौँ – भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो ।

नेपाल तर्फ सिमानामा सडक भएपनि भारतर्फ थिएन । लामो समयको पर्खाइपछि भारतबाट निर्माण गरिएको सडक चिवाभन्ज्याङमा जोडिएको छ । सडकको ट्रयाक खुलेसँगै गाडी पनि आइपुगेका छन् ।

Sana Kishan

पश्चिम सिक्किमको उत्तेरबजापालको चिवाभन्ज्याङसम्म सडक जोडिएको हो । यो ट्रयाक खुलेसँगै सिक्किमको नेपालसँग सिधासम्बन्ध स्थापना भएको छ । उत्तरेबाट सोक्पाखा, जरिबुटे, भालुवाले हुँदै चिवाभन्ज्याङसम्म सडक आइपुगेको हो । सोक्पाखाबाट चिवाभन्ज्याङसम्मको सडक २५ किलोमिटर लामो छ ।

World Link Ads
Mahakali Polytechnic

यो क्षेत्रका लागि मात्र होइन, सिंगो सिक्कमका लागि यो महत्त्वपूर्ण हो । यो सिक्किम सरकारको प्राथमिकताको योजना थियो ।

 

 

(upaharkhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.