सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

वामदेव गौतमले भने केपी र प्रचण्डलाई एकैतिर फर्काइदिन्छु !

वामदेवको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्री छोड्दा पार्टी फुट्यो, मिल्नुको विकल्प छैन ।

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १५, २०७७
1 मिनेट पाठ

 काठमाडौं । नेकपाको दुवै समूहमा नगएर छुट्टै अभियान घोषणा गरेका वामदेव गौतमले पार्टी विभाजन हुनुमा गत वर्ष मंसिर ४ को निर्णय नै कारक भएको निष्कर्ष निकालेका छन् । अब आफूले प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’ गौतमको दाबी छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
24

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
96

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा गर्दै गौतमले पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री छाडेकै कारण पार्टी विभाजनसम्म आइपुगेको निष्कर्ष सुनाए ।

पार्टी बैठकको अध्यक्षता र प्रधानमन्त्रीमा आलोपालो गर्नु एमाले र माओवादी एकीकरणको मुख्य आधार भए पनि प्रचण्डले त्यो छाडेर गल्ती गरेको गौतमले दाबी गरे । ‘प्रचण्डको अध्यक्षको अगाडि कार्यकारी थप्यौं, त्यो हाम्रो लडाइँको विजय थियो । अन्तरसंघर्षको जित थियो । त्यसबेला प्रचण्ड खुसी हुनुभयो ।

यत्ति खुशी हुनुभयो’ गौतमले अगाडि थपे, ‘एक क्षण स्तब्ध हुनुभयो र भन्नुभयो( केपी ओलीजी, यो प्रचण्ड प्रधानमन्त्री भएर प्रचण्ड भएको होइन । दुईपटक प्रधानमन्त्री भइसकेको छु । मलाई फेरि प्रधानमन्त्री चाहिएको छैन । मैले कार्यकारी भएर काम गर्न पाउने भएँ । पाएपछि अब मैले हाम्रो एकताका बेलामा आलोपालो भन्ने थियो, त्यो पनि मैले छाडें ।’

 

एकताको आधार नै प्रचण्डले छोडेपछि बढ्दै गएको संकटले पार्टी विभाजनसम्म पुगेको गौतमले बताए । आलोपालो प्रधानमन्त्री छोड्दा एकातिर धेरै खुशी र अर्कोतिर दुःखी हुने परिस्थिति निर्माण भएको गौतमको बुझाइ छ ।

पाँचै वर्ष केपी ओलीलाई प्रधानमन्त्री छाड्ने प्रचण्डको निर्णयले ओलीमा बढी नै उत्साह देखिएको संकेत गर्दै गौतमले भने, ‘अरुबेला त निर्णय मिलाएर लेख्ने हुन्थ्यो । त्यसबेला केपी कमरेडले महासचिवलाई तुरुन्तै यो लेखिहाल्नुहोस्, लेखिहाल्नुहोस्, लेखिहाल्नुहोस् भने । विभाजनको विरुवा त्यसैबेला लेखियो ।’

त्यो पार्टी एकताको आधार भत्किरहँदा रिस उठे पनि आफूले नबोलेर गल्ती गरेको गौतमले बताए । ‘मलाई रिस उठेको थियो । प्रचण्डले यस्तो गर्नुहुन्छ भन्ने मलाई लागेकै थिएन’, गौतमले भने, ‘तर, ओलीले पनि पार्टी एकता जोगाउँदै संरक्षकको भावना नदेखाएको गौतमको आरोप छ । ‘ओली संरक्षक हुनुभएको भए, आलोपालोअनुसार म बस्छु, एकतालाई जोगाउँछु भन्नुहुन्थ्यो, उहाँले भन्नुभएन ।’

योग्य, बरिष्ठ र सक्षम नभनेर अनुपातका आधारमा पार्टी एकीकरण गर्ने मोडालिटीमा पनि त्रुटि रहेको गौतमको निष्कर्ष छ । यसरी, एकपछि अर्को गल्ती थपिँदै जाँदा एकअर्का विरुद्ध आरोपपत्र लेख्ने अवस्था आएपछि पार्टी विभाजित भएको गौतमको विश्लेषण छ ।

फेरि एकता !

आफ्नो एकता अभियानको औचित्यबारे प्रष्ट्याउँदै गौतमले १३ वर्ष लामो प्रयासपछि एकतावद्ध भएको नेकपा तीन वर्षमै विभाजित हुँदा कोही खुशी नभएको बताए । तर, फेरि मिल्नुको विकल्प नभएकाले एकता अभियान शुरु गरेको उनले प्रष्टोक्ति दिए ।

केपी ओली र प्रचण्ड दुवैलाई एकठाउँमा उभिन बाध्यकारी अवस्था सिर्जना गर्ने उनले उद्घोष गरे । ‘केपी ओली कहिल्यै पनि एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्ड पनि हुनुहुन्थेन । प्रचण्डजी म हुँदा एकतामा बसेको हो, म नहुँदा होइन । उहाँहरु दुइटैलाई एकठाउँमा ल्याएको हो’ गौतमले भने, ‘अहिले दुईतिर फर्कनुभएको छ । म केपीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपीतिर फर्काइदिन्छु । त्यस्तो गर्न चाहन्न भन्नै सक्नुहुन्न । उहाँहरु बाध्य हुनुहुन्छ ।’

 

यदि, एकताको पक्षमा कोही बस्न तयार भएनन् भने सेनाबिनाको सेनापति बन्ने गौतमले चेतावनी दिए । मुख्य गरी दुबै समूहका दोस्रो र तेस्रो पंक्तिका नेताहरु अहिले पनि एकताकै पक्षमा रहेको गौतमको बुझाइ छ । ओली बाहेक उनको समूहका सवै एकता चाहिरहेको पनि उनले बताए । तर, सर्वोच्च अदालतको निर्णय कुर्ने पंक्ति दुवैतिर धेरै रहेको गौतमको जानकारी दिए ।

पार्टी विभाजन हुँदा प्राप्त हुने परिणामबारे लामै व्याख्या गरेको गौतमले विभाजित नेकपा नमिल्ने हो भने दुई चार सिटमै सीमित हुने गणित प्रस्तुत गरे । आफूले पनि चार वर्ष देशभर ठूलो जनमत ल्याउँछौं भन्दै हिडेको अनुभव सुनाउँदै गौतमले आगामी चुनावमा एउटै पार्टी बन्नुको विकल्प नरहेको बताए ।

एकताले निर्माण र विभाजनले ध्वंश हुने भन्दै गौतमले आफ्नो अभियानले सार्थकता पाएरै छोड्ने दाबी गरे । गणतन्त्र र कम्युनिष्ट पार्टी आफ्नो सपना भएकाले फेरि पनि एकतावद्ध पार्टी बनाएर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने घोषणा पनि गरे ।

गौतमको चाहना : संसद् पुनर्स्थापना

जनताको बहुदलीय जनवादलाई मार्गदर्शक मान्ने पार्टी नेताले संविधानको सर्वोच्चता स्वीकार गर्नुपर्ने गौतमले बताए । त्यसो हुँदा संसद् विघटन विरुद्ध सर्वोच्चमा परेको मुद्दा संवैधानिक भएकाले फैसला मान्नुपर्ने बताए ।

‘तपाईँको व्यक्तिगत धारणा के छ भनेर भन्नुभयो भने पार्टी एकता गर्न सकिन्छ भन्ने भएको हुनाले पुनस्र्थापना भइदिए हुन्थ्यो । तपाईहरु पनि त्यही पक्षमा हुनुहुन्छ होला भन्ने मलाई लागेको छ, समर्थन गर्नुहुन्छ ?’ गौतमले सोधे ।

हलमा केहीबेर ताली बजेपछि गौतमले संसद् पुनस्र्थापना भए अर्को चुनावसम्मको दुईवर्षमा पार्टी एकता गराएरै छोड्ने उद्घोष गरे ।

तर, अहिले अदालतले संसद् पुनर्स्थापना गरेन भने सडकबाट पुनस्र्थापना गर्छौं भन्ने जस्ता प्रकट अभिव्यक्ति नदिने उनले बताए । ‘निर्णय के हुन्छ भनेर प्रचण्डले भनेजस्तै, केपीले भनेजस्तै मैले भन्न मिल्दैन’ गौतमले भने, ‘किनभने, जनताको बहुदलीय जनवादमा संविधानको सर्वोच्चता राखेको छ ।’

संसद् विघटनको मुद्दा संवैधानिक इजलासमा भएकाले त्यो विषय संवैधानिक भएको ठहर गौतमको छ । संसद् पुनर्स्थापना नभए पनि पार्टी मिलाउने मुद्दा नछोड्ने गरी अभियान चलाइने उनले बताए ।

तर, छुट्टै पार्टी बनेर चुनावमा भाग नलिने पनि अभियानको उद्देश्य हुने गौतमले स्पष्ट पारेका छन् । विभाजित नेकपाकै मनपर्ने उम्मेद्वारलाई भोट हाल्ने, तर काँग्रेस र राप्रपालाई भोट नहाल्ने पनि उनले सुनाए ।

‘मार्क्सवाद र जनताको बहुदलीय जनवाद (तुलनात्मक अध्ययन), २१औं शताब्दीको कम्युनिष्ट पार्टी र नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय जनवाद नामक पुस्तक सार्वजनिक गर्दै गौतमले बुधबार एकता अभियान सञ्चालनको अवधारणा सार्वजनिक गरेका छन् ।

आफ्नै संयोजकत्वमा घोषणा गरिएको यो अभियानको वडा तहसम्मै संरचना निर्माण गरिने गौतमले बताएका छन् । यसको मुख्य काम पार्टी एकताको वातावरण बनाउनमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।

गौतमले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एकता अभियान घोषणा गर्दै पछि कुनै एक समूहमा जान्छन् कि भन्ने आशंका समेत चिर्ने प्रयास गरे । केपी ओली मान्छे फसाउन जान्ने भएकाले त्यतातिर जान्छन् कि भन्ने आशंका भएको सन्दर्भ सुनाउँदै गौतमले अन्तिम समयसम्म एकताकै लागि बलियो गरी उभिने उद्घोष गरे ।

तर, कथं एकता संभव नभएमा अभियानको केन्द्रीय कमिटीबाटै निर्णय हुने पनि उनले जानकारी दिए ।

वामदेव नेतृत्वको अभियान सकेसम्म पार्टी एकता गर्ने, नभए चुनावमा गठबन्धन गराउनेमा केन्द्रित हुने भएको छ ।

 

 

(अनलाइनखबर बाट साभार)

 

सिफारिस

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
24
राजनीति

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
96
राजनीति

केपी ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष दाहाल

फाल्गुन ११, २०७७
26
राजनीति

सर्वोच्च अदालतले देशलाई दुर्घटनामा जानबाट जोगायो : पौडेल !

फाल्गुन ११, २०७७
13
janasarokarpost.com बाट साभार
राजनीति

प्रधानमन्त्री केपी ओली कञ्चनपुर आएकै दिन दलित संघ संगठनद्वारा बिरोध प्रर्दशन !

फाल्गुन ११, २०७७
24
राजनीति

गगन थापाले भने सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् !

फाल्गुन ९, २०७७
32
अर्को

छिमेकी मुलुक भारतको खोप कूटनीति : छिमेकीसँग चिसिएको सम्बन्ध सुधार्ने अवसर !

कलुवापुर नजिकै सवारी दुर्घटना, ८ जना घाइते

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

के नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस् हुन्छ दोष कट्टा !!

फाल्गुन १४, २०७७

महिला लघुवित्तको साधारण शेयर बाडफाड

फाल्गुन १४, २०७७

महिला लघुवित्तको आईपिओ बाँडफाँड, १५ लाख लगानीकर्ता हात खाली

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In