सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

उदयपुर –उदयपुर कटारी नगरपालिका–४ मरुवा खोलामा ट्याक्टरबाट खसेर मंगलबार साँझ एक बालकको ज्यान गएको छ ।

मरुवा खोलामा ढुंगा लोड गरी सिम्लेतर्फ जाँदै गरेको स १ त ६८२२ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँका मेनु तामाङका ५ वर्षीय छोरा अमिर तामाङको ज्यान गएको हो ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका बालकलाई कटारी अस्पतालमा सामान्य उपचारपछि विराटनगर लैजानेक्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

ट्याक्टरको पछिल्लो भागमा रहेका बालक ट्याक्टरबाट झर्दा पछाडिको टायरमा ठोक्किएर गम्भीर घाइते भएपछि उपचारका लागि बाहिर रेफर गरिएको थियो । प्रहरीले ट्याक्टर र चालक जीवन राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

(annapurnapost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.