सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

मानिसको व्यक्तित्वलाई खुट्टाको औंलाले स्वभाव झल्काउँछ। खुट्टाको औंलाको आकारलाई हेरी तपाईको व्यवहारबारे बुझ्न सकिन्छ । तपाईको चरित्रलाई खुट्टाको औंलाले संकेत गर्छ भन्ने कुराको विश्वास गरिन्छ ।

१) ठूलो औंला :खुट्टाको ठूलो औंला वा पहिलो औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट र क्रियटिभ स्वभावका हुन्छन् । समस्याको छिट्टै समाधान गर्न सक्छन् । त्यसैगरी तपाईको ठूलो औंला अरु औंलाभन्दा सानो छ भने, एकै समयमा धेरै काम गर्न सक्ने क्षमताको संकेत गर्छ ।

२) दोस्रो औंला : खुट्टाको दोस्रो औंला लामो हुने मानिसहरु लीडर बन्न सक्ने गुण भएका हुन्छन्। यीनीहरुमा गतिशिल र सृजनात्मक गुण हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

३) तेस्रो औंला: खुट्टाको तेस्रो औंला लामो भएका व्यक्तिहरु आफ्नो काममा उर्जावान र सिपालु हुन्छन् । यीनीहरु जीवनमा पूर्णता चाहन्छन् । र यीनीहरुले जीवनमा धेरै चीज प्राप्त गर्छन् ।

Dirghayu Ads

आफ्नो कामको लागि परिवार , प्रेम र मनोरञ्जनलाई पनि बिर्सन सक्ने यीनीहरुको नराम्रो स्वभाव हुन्छ । त्यसैगरी तेस्रो औंला सानो भएका व्यक्तिहरुले भने जीवन धेरै रमाईलो पूर्वक बिताउँछन् । यीनीहरु जीवनमा काम गर्न भन्दा आराम लिनमा रुची राख्छन् ।

४) चौथो औंला : चौथो औंला लामो भएका व्यक्तिले आफ्नो परिवारलाई निकै नै महत्वपूर्ण मान्छन् । यदि तपाईंको चौथो औंला घुमाउरो किसीमको छ भने , प्रेमसम्बन्ध निकै नै नराम्रो हुन्छ । चौथो औंला सानो भएका व्यक्तिहरुका लागि परिवार र सम्बन्ध त्यति महत्वपूर्ण हुदैन ।

५) सानो औंला : अन्तिम औंला सानो भएका व्यक्तिहरुको स्वभाव बच्चाको जस्तो हुन्छ । यीनीहरु जिम्मेवारी बहन गर्न मनपराउँदैनन् । र चाडैं निराश हुने गर्छन् । यस्ता व्यक्तिहरु रमाईलो गर्न मनपराउँछन् ।निसको व्यक्तित्वलाई खुट्टाको औंलाले झल्काउँछ। खुट्टाको औंलाको आकारलाई हेरी तपाईंको व्यवहारबारे बुझ्न सकिन्छ । तपाईंको चरित्रलाई खुट्टाको औंलाले संकेत गर्छ भन्ने कुराको विश्वास गरिन्छ ।

यो पनि पढ्नुहोस् : लक्ष्मी मातालाई खुशी पार्न गर्नुहोस् यि पाँच काम !ःहिन्दूहरुको बाहुल्यता रहेको मुलुकमा हिन्दू धर्मका मान्यताहरुलाई समेत मानिन्छ । व्यापार व्यवसाय गर्नेहरुले लक्ष्मीको पूजाआजा गर्छन् । धेरैलाई विश्वास छ, लक्ष्मीपूजाको दिन धूमधामका साथ पूजा गरे लक्ष्मी खुशी हुन्छिन् र घर तथा व्यवसायमा पैसाको कमी हुँदैन ।

लक्ष्मीपूजाको दिन सिंगारिने गाउँघर तथा शहर र मानिसका घरहरुले यही विश्वासको संकेत गर्छन् । तर, लक्ष्मी भगवतीलाई खुशी बनाउनका लागि प्रत्येक साता उनको पूजाआजा गर्न सकिने हिन्दू धर्मशास्त्रमा लेखिएको छ ।

प्रत्येक दिन कुनै न कुनै भगवानलाई मानिन्छ । जस्तो सोमबारका दिन शिव, मंगलबारका दिन हनुमान मानेजस्तै शुक्रबार लक्ष्मी मातालाई मानिन्छ । भक्तहरु लक्ष्मीको उपवास र पूजापाठ गर्छन् ।

लक्ष्मीको कृपा परे मानिसमा दुःखहरुको निवारण हुेने र धनको कहिले कमी नहुने विश्वास गरिन्छ । यसका साथै लक्ष्मी माताको आशीर्वाद भक्तहरुमा सधैं परिरहन्छ । शास्त्रका अनुसार यदि तपाईँ लक्ष्मीमातालाई प्रसन्न तुल्याउन चाहनुहुन्छ भने शुक्रबारको रात यी ५ कामहरु गर्नुपर्छः

शुक्रबार राति लक्ष्मीमाताको पूजा गर्दा भगवान विष्णुको पनि पूजा गर्न आवश्यक छ । तपाईँ श्रीयन्त्र वा अष्टलक्ष्मीको तस्वीर पनि स्थापना गर्नसक्नुहुन्छ । यसपछि कपूरको आरती गर्ने र घरभरि नै कपुर जलाउनुपर्छ यसले नकारात्मकता समाप्त हुन्छ ।

Sana Kishan

यसपछि कपुरलाई तुलसीसँग राखिदिनुुहोस् । यसो गर्दा लक्ष्मीका साथै भगवान विष्णुको पनि आशीर्वाद मिल्नेछ ।शुक्रबार राति घरमा खीर बनाउन आवश्यक छ र यो सबै परिवारले ग्रहण गर्नुपर्छ ।

यदि तपाईँको घरमा कुुमारी कन्या छिन् भने सबैभन्दा पहिले उसैलाई खीर खुवाउनुस् यसो गर्दा तपाईँलाई चाँडै शुभ फल मिल्नेछ । यसो गर्दा घरको आर्थिक स्थिति सही हुने र धनसँग सम्बन्धित समस्या पनि टाढा भाग्नेछ ।

शुक्रबार राति लक्ष्मी स्तोत्र वा कनकधारा स्तोत्र पनि श्रद्धापूूर्वक पाठ गर्नुस्, लाभदायक मानिन्छ । यो पाठ गर्दा सुखसमृद्धि पाइने बताइन्छ । यसका साथै नोकरी वा व्यवसायसँग सम्बन्धित समस्या पनि टाढा भाग्नेछ ।

विष्णु पुराणमा लक्ष्मी स्तोत्रका बारे बताइएको छ कि एक समय देवताका राजवैभव लुटिएको थियो । यही स्तोत्र पाठ गरेपछि सम्पूर्ण वैभव र राजपाठसमेत पुनः प्राप्ति भएको थियो ।

सोही कनकधारा स्तोत्रमा भनिएको छ कि शंकराचार्यले यसको पाठ गरेर धनको वर्षा गराएका थिए । त्यसैले यसको पाठ गर्न धेरै मंगलदायी मानिन्छ ।शुक्रबार राति खुला आकाशमुनि चन्द्रमा र पूर्वजको ध्यान गर्नुपर्छ र उनलाई आफ्नो समस्याका बारेमा बताउनुहोस् ।

यसो गरेमा उनीहरुको आशीर्वाद तपाईँउपर हमेशा बन्ने हिन्दू धर्मशास्त्रमा विश्वास गरिन्छ । पितृदोष समाप्त हुने र जीवनमा जे पनि बाधा आउँछ ती सबै टाढा भाग्नेछ र तपाईँलाई मानसिक बल मिल्नेछ ।

सामान्यतया रातको समयमा सुगन्ध लगाउँनुहुँदैन भनिन्छ, तर शुक्रबारको दिन माता लक्ष्मी र शुक्रग्रहसँग सम्बन्धित हुन्छ । शुक्रग्रह श्रृंगारप्रिय मानिन्छ, यसैले रातमा सुगन्ध अर्थात् परफ्यूम लगाउनुस् ।

क्योरा र गुलाबको सुगन्ध तपाईँका लागि शुभ हुन्छ । साथै तपाईँको सिरानीको मुनि पनि सुगन्धित पदार्थ राख्न सक्नुहुन्छ, यसो गर्दा तपाईँलाई आन्तरिक रुपमा सकारात्मक उर्जा आउँछ र परिवारमा पनि यसको असर पर्छ ।

यदि तपाईँ तकियाको मुनि राख्न असमर्थ हुनुहुन्छ भने तपाईँ अरोमा मैनबत्ती वा खुश्वुवाला मैनबत्ती पनि घरमा जलाउन सक्नुहुन्छ ।लक्ष्मी माताको कृपाले धनको कमी नहुने जनविश्वास हो । वास्तविक लक्ष्मी प्राप्तिका लागि चाहि सत्कर्म नै उत्तम माध्यम हो ।

भएको धनसम्पत्तिको राम्रो व्यवस्थापन, व्यवसाय वा कामप्रति लगाव, इमानदारिता, मेहेनत लगायतले समेत लक्ष्मी खुशी हुन्छिन् । जसबाट धर्न आर्जन गर्न सकिन्छ ।

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.