सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

बैतडी- बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ हजार २ सय बढी नागरिकले एक सय दिनको रोजगारी पाउने भएका छन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएका मध्ये ४ हजार २८१ जना छनौट भएका स्थानीय तहहरुले जनाएका छन् ।

जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ जना प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनौट भएका छन् भने पाटन नगरपालिकामा ७६२ जना छनौट भएका छन् । ७ हजार आवेदन परेकोमा ७६२ जना छनौट भएका नगरपालिकाका रोजगार संयोजक महेश पन्तले जानकारी दिनुभयो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ करोड ९६ लाख बजेट निकासा भएको छ ।

यस्तै मेलौली नगरपालिकामा २७१ जना छनौट भएका छन् । १ हजार २४ जना मध्ये २७१ जना छनौट भएका नगरपालिकाका रोजगार संयोजक सरीता बोगटीले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मेलौलीमा १ करोड ४४ लाख रुपैया निकासा भएको छ ।

World Link Ads
Mahakali Polytechnic

यस्तै दशरथचन्द नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ सय जनाले रोजगारी पाउने भएका छन् । १ हजार ६८२ जना मध्ये ४ सय जना छनौट भएका रोजगार संयोजक नन्दराज जोशीले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि २ करोड बजेट निकासा भएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकामा ३३४ जनाले रोजगारी पाउने भएका छन् भने १ करोड ७२ लाख ६८ हजार रुपैंया निकासा भएको छ । यस्तै दोगडाकेदार गाउँपालिकामा २७० जनाले रोजगारी पाउने भएका छन् भने १ करोड ३९ लाख ५७ हजार बजेट निकासा भएको छ ।

Sana Kishan

शिवनाथ गाउँपालिकामा ४२३ जनाले रोजगारी पाउनेछन् भने २ करोड १८ लाख बजेट निकासा भएको रोजगार संयोजक लक्ष्मीदत्त जोशीले जानकारी दिनुभयो ।

पञ्चेश्वर गाउँपालिकामा ५३८ जना प्रधानमन्त्री रोजागार कार्यक्रम अन्तर्गत छनौट भएका छन् । सुर्नया गाउँपालिकामा ४ हजार २ सय जनाले आवेदन दिएकोमा ८३३ जना रोजगारीका लागि छनौट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिनुभयो । त्यसका लागि ४ करोड ३३ लाख रुपैंया निकासा भएको उहाँले बताउनुभयो ।

सिगास गाउँपालिकामा ४५१ जनाले रोजगारी पाउनेछन् भने २ करोड १५ लाख ८६ हजार निकासा भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत केही पालिकाहरुले काम शुरु गरिसकेका छन् भने केही पालिकाहरुले योजना छनौट गरिरहेका जनाइएको छ ।

 

 

(ninglashainionline.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.