सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा २ हजार २ सय २० डोज कोरोना खोप पुग्यो, बुधबारबाट लगाउन शुरू गरिने!

बैतडी – बैतडीमा कोरोना भाईरस विरुद्धको खोप आईपुगेको छ । पहिलो चरणमा २ हजार २२० डोज खोप जिल्लामा आइपुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

संघीय सरकारले पठाएको खोप प्रदेश सरकारको समन्वयमा जिल्ला आईपुगेको हो । जिल्लामा आईपुगेको खोपलाई खोप भण्डार कक्ष (कोल्ड चेन रुम)मा सुरक्षित राखिएको बताइएको छ ।

कोरोना भाईरस विरुद्धको खोप सुरक्षित भएकाले अंग्रपंक्तिमा खटिएकाहरुलाई लगाइने बताइएको छ । बुधबारबाट खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कोरोना खोप बैतडी पुगेको जानकारी गराउँदै स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी तिर्थ राज भट्टले भोलि बुधबारबाट खोप लगाउन सुरु गरिने बताउनुभएको छ । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सफाइकर्मीहरुलाई दिइने बताइएको छ।

( रेडियो बैतडी  बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.