सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १३, २०७७
1 मिनेट पाठ

काठमाडौं :   नेपाली कांग्रेसले विघटित संसद्को पुनर्स्थापनाका लागि आन्दोलनलाई थप सशक्त बनाउने भएको छ। मंगलबार बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले अहिलेको राजनीतिक संक्रमणको सबैभन्दा उत्तम समाधान संसद पुनर्स्थापना भएको निश्कर्षसहित आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6

कांग्रेसको यस्तो चाल : ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै !!

फाल्गुन १६, २०७७
17

बललबउगचलब उयकत

बैठकले आन्दोलनका थप कार्यक्रम पनि कांग्रेसले घोषणा गरेको छ।दिउँसो १ बजे बैठक बोलाइए पनि सभापति शेरबहादुर देउवाको कार्यकक्षमा शीर्ष नेता तथा पदाधिकारीबीच परामर्श भएर आन्दोनलका कार्यक्रम तय भएपछि अपरान्ह चार बजे बैठक सुरु भएको थियो। बैठकले सर्वसम्मत रुपमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै कार्यक्रम तय गरेको जानकारी पार्टीका प्रवक्ता विश्‍वप्रकाश शर्माले दिए।

माघ १९ गते कांग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते कांग्रेसको शुभेच्छुक संस्थाहरूले प्रदर्शन गर्ने र ३० गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा मुलुकभर प्रदर्शन गर्ने गरी आन्दोलनका कार्यक्रम तय भएका छन्। तर राष्ट्रिय स्वरुपको आन्दोलन भने कांग्रेसले अझै तय गरेको छैन।

मंगलबारको बैठकमा बोल्‍ने अधिकांश नेताहरूले अदालतलाई पर्खिनेभन्दा आन्दोलनलाई सशक्त बनाउनुपर्ने धारणा राखेका थिए। अदालतलाई पर्खिने भन्दै सत्ताको लोभमा कांग्रेसले आन्दोलनबाट पछि हटेको र रमिता मात्रै हेरिरहेको भन्दै नागरिकस्तरबाट कांग्रेसको नीति र भूमिकामाथि प्रश्‍न उठाइएको छ। यसबारेमा पनि बैठकमा छलफल भएको थियो। सरकारको असंवैधानिक तथा अलोकतान्‍त्रिक कदमविरुद्ध भएको नागरिक प्रदर्शनमा भएको सरकारी दमनको कांग्रेसले बैठकले कडा शब्दमा निन्दा गरेको छ।

कांग्रेस प्रवक्ता विश्‍व प्रकाश शर्माले आन्दोलनमा जाने बारेमा कांग्रेसभित्र केही विवाद नभएको स्पष्ट पार्दै भने, ’आन्दोलनलाई निरन्तरता दिने विषयमा कांग्रेसभित्र विवाद र अलमल छैन। अहिले बाहिर विवाद छ भनेर जसरी प्रचार गरिएको छ, त्यो गलत हो।’

यसअघि संसद विघटनविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते ७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन गरेको थियो। कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। माघ ८ गते कांग्रेसले ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको थियो।

नयाँ राजनीतिक घटनाक्रमपछि पार्टीभित्रैबाट दुईथरी विचार आएका छन्। एउटा पक्ष पुनर्स्थापनालाई बटमलाइन बनाएर अहिले नै सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा छ भने अर्को पक्ष अदालतको निर्णय कुर्नुपर्ने पक्षमा देखिन्छ। रामचन्द्र पौडेल पक्ष आन्दोलन चर्काउने पक्षमा भए पनि सभापति शेरबहादुर देउवा आन्दोलन चर्काउने मुडमा छैनन्। अदालतको निर्णय स्वीकार्य हुने र चुनावका लागि पनि कांग्रेस तयार रहेको सभापति देउवालगायतका पार्टीका नेताहरूले बताउँदै आएका छन्।

तर पछिल्ला दिनमा पुनर्स्थापनाकै पल्ला भारी भएको छ। संस्थापन पक्षका नेताहरू पनि पुनर्स्थापनाकै पक्षमा खुलेर बोल्‍न थालेका छन्। चुनावको बाहना देखाएर सत्ता लम्ब्याउने ओलीको डिजाइनमा नफस्‍न पार्टीभित्रैबाट देउवालाई ठूलो दबाब छ। कोरोना लगायतका कारणले तत्काल चुनाव संभव नभएको र संसद पुनर्स्थापना नभए अस्थिरता र संक्रमणको डरलाग्दो शृखंला सुरु हुने र त्यसको जिम्मेबारी कांग्रेसले पनि लिनुपर्ने बताउँदै पार्टीका युवा नेताहरूले बालुवाटारको ललिपपमा नलोभिन कांग्रेस नेतृत्वलाई सचेत गराउँदै आएका छन्।

प्रेस विज्ञप्ति जस्ताको तस्तै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । बैठकको निर्णय देहाय बमोजिम रहेको छ ।

समसामयिक प्रस्ताव
१. संसद विघटन विरुद्ध माघ १२ गते राजधानीमा समाजको विभिन्न क्षेत्रका नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको
छ । असंवैधानिक कदम विरुद्धका प्रदर्शनहरु संविधानले प्रदान गरेको अधिकार हो । शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्याँस तथा पानीको फोहरा प्रहार हुँदा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो बैठक सरकारले गरेको बल प्रयोगको घटनाप्रति निन्दा र भत्र्सना गर्दछ ।
२. प्रधानमन्त्री के.पी. शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहनु भएका अभिव्यक्तिहरुप्रति यो बैठकको ध्यानाकर्षण भएको छ । संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने उहाँको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक छ । सम्मानीत सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरुप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबैथरी प्रति उहाँको तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न उहाँ असफल भएको यो बैठकको निष्कर्ष छ ।
३. संसारको दोस्रो अग्लो हिमाल ‘के टु’ को सफल आरोहण गर्ने आरोही निर्मल पुर्जा सहित दश नेपाली युवालाई यो बैठक उच्च सम्मान सहित विशेष बधाई ज्ञापन गर्दछ ।

विरोध प्रदर्शनका थप कार्यक्रम
के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध नेपाली कांग्रेसले २०७७ पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रहरुमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा, माघ ३ गते ७५३ पालिकाहरुमा र माघ ८ गते ६,७४३ वडाहरुमा विरोध प्रदर्शन र सभा व्यापक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएका छन् ।

४. देशव्यापी रूपमा भएका शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिब्यक्त गरेको
छ । विरोध प्रदर्शन र विरोध सभाका कार्यक्रमलाई निरन्तरताका क्रममा निम्नानुसारको थप कार्यक्रम घोषणा गरिएको छ —
( २०७७ माघ १९ गते सोमबार
भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने ।
( २०७७ माघ २४ गते शनिबार
शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने ।
( २०७७ फागुन ३ गते सोमबार
नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने ।

केन्द्रबाट तोकिएका कार्यक्रम बाहेक जिल्ला कार्यसमिति लगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले विरोधका कार्यक्रम तय गरी संचालन गर्नेछन् ।

सांगठनिक निर्णय
५. नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ बमोजिम मुलुकको नयाँ संघीय संरचना अनुरुप पार्टीका स्थानीय सांगठनिक संरचनालाई समायोजन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी प्रदान गरिएकोमा ७४ जिल्लामा समायोजनको कार्य पूरा गरी केन्द्रीय कार्यसमितिलाई २०७७÷९÷३ मा लिखित जानकारी गराएकोमा केन्द्रीय निर्वाचन समितिलाई हार्दिक धन्यवाद प्रकट गर्दै,
केन्द्रीय निर्वाचन समितिबाट प्राप्त जानकारी अनुसार समायोजनको कार्य बाँकी रहेका तीन जिल्ला (सप्तरी, बारा र सिन्धुपाल्चोक) तथा समायोजनको कार्य सम्पन्न भएपछि पुनरावलोकनका लागि निवेदन प्राप्त भएका सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँके लगायतका जिल्लाको केही स्थानको पुनरावलोकन उपर समेत निर्णय गरी समायोजन सम्बन्धी वाँकी रहेका सम्पूर्ण कार्य केन्द्रीय निर्वाचन समितिबाट नै यथाशिघ्र सम्पन्न गर्ने ।
६. म्याद समाप्त भएका भ्रातृ संघको म्याद थप सम्बन्धमा ः
पार्टी आवद्ध भ्रातृ संघहरु— नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने ।
७. विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी ः

(क) नेपाली जनसम्पर्क समिति कतार, वहराईन, मलेशिया र साउदी अरबबाट पार्टीको विधान र नियमावली बमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ र नविकरण तर्फको नामावलीको सूची र सो वापतको सदस्यता शुल्क समेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिहरुबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने ।
(ख) नेपाली कांग्रेसको नियमावली २०७६ को नियम २१ (१) बमोजिमको प्रक्रिया पुरा गरी यूरोपस्थित माल्टा देशमा बसोबास गरिरहेका लोकतन्त्रवादी नेपालीहरुको सक्रियतामा जनवरी २५, सन् २०२० मा नेपाली जनसम्पर्क तदर्थ समिति गठन गरी आवद्धताका लागि निवेदन सहित आवश्यक कागजात पेश गरेकोले, सोही नियमावलीको नियम २१ (२) बमोजिम नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई पार्टीसंगको आवद्धता प्रदान गर्ने ।

(ग) नेपाली कांग्रेसको विधान र नियमावलीको व्यवस्थासंग नबाझिने गरी तयार गरी नेपाली जनसम्पर्क समिति यु.ए.ई.को सम्मेलनबाट संशोधित विधानलाई अनुमोदन गरिदिनका लागि नेपाली जनसम्पर्क समिति यु.ए.ई. बाट प्राप्त विधानलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) बमोजिम स्वीकृत गर्ने ।

(घ) नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ७४ (१) बमोजिम नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल १७ जनवरी २०२१ (तदनुसार माघ ४, २०७७) मा समाप्त भएकोमा, ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी कार्यकाल थप गर्ने ।

शोक प्रस्ताव :
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य दिलेन्द्रप्रसाद बडूकी ९५ वर्षीया माता कलशादेवी बडूको माघ ४ गते, नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका पूर्व उपसभापति दयानन्द वैद्यको माघ ८ गते, नेपाली कांग्रेस गुल्मी (हाल रुपन्देही) का पुराना अग्रज व्यक्तित्व ८९ वर्षीय हिमनाथ पोखरेलको पुस १४ गते, नेपाली कांग्रेस पाख्रीबास नगरपालिका कार्यसमिति, धनकुटाका नगर सभापति कोपिन्द्र मानन्धरको पुस २८ गते, रुपन्देही प्रदेशसभा ४

(१) का सांसद अष्टभुजा पाठकका पिता श्रीकान्त पाठकको माघ ११ गते, सुनसरी प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३

(२) का सांसद अगमलाल चौधरीकी धर्मपत्नी कलकतिनी देवी चौधरीको पुस २९ गते, महोत्तरी जिल्ला लोहारपट्टी नगरपालिका वडा नं. ४ का रामखिलावन माझी (सदा) को गत माघ ८ गते र सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा नं. १ का सक्रिय व्यक्तित्व जनककुमारी घिमिरेको माघ ३ गते, धनुषाको जनकनन्दनी गा.पा. वडा नं. २ का वडा सभापति एवं निर्वाचित वडा अध्यक्ष भोगेन्द्र पाठकको माघ ९ गते र शहिदनगर न.पा. वडा नं. २ का क्रियाशील सदस्य राजकिशोर यादवको माघ १० गते, धनुषाको सवैला नगरपालिका वडा नं. १३ का नेपाल विद्यार्थी संघका सदस्यहरु— सचिन आनन्द सिंहको माघ ९ गते र सुशील कुमार महतोको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएका प्रस्तावहरु बैठकबाट सर्वसम्मत् पारित भएको
थियो । आजको बैठकमा नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य नरहरि आचार्यले आफ्नो धारणा राख्नु भएको थियो ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

(अन्नपूर्ण पोष्टबाट साभार)

सिफारिस

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6
राजनीति

कांग्रेसको यस्तो चाल : ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै !!

फाल्गुन १६, २०७७
17
राजनीति

ओलीको दाहाल–नेपाल पक्षलाई नयाँ चुनौती : हिम्मत भए हटाएर देखाऊ !

फाल्गुन १६, २०७७
3
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
8
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
29
राजनीति

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
100
अर्को

कोभिड –१९ को विरुद्धको खोप सबै प्रदेशमा पुर्याइयो, भोलिदेखि लगाउन शुरू गरिने!

बैतडीमा २ हजार २ सय २० डोज कोरोना खोप पुग्यो, बुधबारबाट लगाउन शुरू गरिने!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In