सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक मार्ग हुँदै खप्तड जाने अवस्था नभएपछि खप्तड होमस्टे झिग्रानाले हेलिकप्टर मार्फत खप्तड पुगाउने र त्यहाँ रमाउने प्याकेज ल्याईएको हो । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै होमस्टेका प्रवन्ध निर्देशक दीपक कुमार खड्काले माघ १४ गते देखि १८ गते सम्म हेलिकप्टरमार्फत खप्तड पुग्ने व्यवस्था गरिएको जानकारी दिए ।

पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पुगाउने योजना रहेको खड्काले बताए । दिपायल–खप्तड–दिपायल १० हजार, झिग्राना–खप्तड–झिग्राना ८ हजार (सचारकर्मीको लागि सात हजार), धनगढी– खप्तड–धनगढी ३० हजार खर्च लाग्ने बताईएको छ । धनगढी – दिपायल (प्लेन), दिपायल खप्तड हेलिकप्टर दुवै तर्फ २१ हजार ५ सय, धनगढी–दिपायल स्थलमार्ग (बुकिङ गाडी) दिपायल –खप्तड हेलिकप्टर १५ हजार खर्च लाग्ने प्याकेज रहेको छ ।

Sana Kishan

२२ वटा पाटन तथा त्यहाँको सौन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ । खप्तडले हिउँको घुम्टो पाएपछि झनै अलौकिक देखिन्छ । समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । खप्तड पुसको मध्यदेखि नै सेताम्मे हिउँले ढाकिन्छ भने जेठदेखि असारसम्म विशाल फाँटहरूमा रंगीचंगी फूलले ढाकिन्छ । खप्तडमा यो हिउँदमा दुईपटक हिमपात भईसकेको छ ।

World Link Ads
Mahakali Polytechnic

(khabarkunj.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.