सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ ५, २०७७
1 मिनेट पाठ

भजनी। कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उहाँसँग कुनै उपाय थिएन । विमानस्थलबाटै बलबहादुरको राहदानी दलालले आफ्नो हातमा लगिसकेको थियो । दुई वर्ष मलेसिया बस्नुभएका उहाँलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
28

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
16

पाउनसम्मको दुःख पाएर फर्किनुभएका बलबहादुर अहिले स्वदेशमै अटो रिक्सा चलाएर आफ्नो भविष्य देख्न थाल्नुभएको छ । अहिले समूहबाट ऋण लिएर अटो रिक्सा चलाउन थाल्नुभएका टमट्टा विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउनुहुन्छ । “मैले दुःख आँखा अगाडि देखेको छु । दश दिन लगाएर एक चट्टा गिट्टी कुटेर रु ८०० कमाएर घर गुजारा गरेको मलाई अहिले जस्तै लाग्छ”, बलबहादुरले भन्नुभयो, “अटो रिक्सा चलाउन थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन । यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्नेरहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।” कोरोनाको जोखिमका कारण घटेको सर्वसाधारणको आवागमनले भने आफूले सोचे जति कमाइ गर्न नसकिरहेको उहाँले बताउनुभयो ।

टीकापुर नगरपालिका–१ वनगाउँका हरिराम चौधरीको सोच पनि कम्ती छैन । छ वर्षसम्म विदेशमा बस्नुभएका उहाँले अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित अटो रिक्सा चलाउन थाल्नुभएको भएको छ । व्यवसायप्रति सन्तुष्ट हुनुभएका उहाँले भन्नुभयो, “अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो, हिजो अटो रिक्सामै राम्रो कमाइ थियो । आज छैन त भोलि त होला । अटो रिक्सा नै मेरो व्यवसाय हो यसैलाई निरन्तरता दिन्छु ।”

उहाँले छिट्टै सम्पन्न भइहाल्नु पर्छ भन्ने मानसिकताले काममा सफलता पाउन कठिन हुने गरेको बताउनुभयो । “व्यवसाय गर्दा छिट्टै ठूलो आम्दानी होस् भन्ने मानसिकता हामीमा छ । यस्तो मानसिकताले हामीले गर्ने कामबाट सफलता प्राप्त गर्न सक्दैनौँ, हरिरामले भन्नुभयो, “अहिले कोरोनाले सबै क्षेत्रको अवस्था नाजुक छ । हामीले पनि धैर्य राखेर भोलिको आशामा व्यवसायलाई निरन्तरता दिनुपर्छ ।”

लम्कीचुहा नगरपालिका–७ का अर्जुन चौधरी पहिले काम गर्न पोखरा, काठमाडौंलगायतका शहरमा जाने गर्नुहुन्थ्यो । कमाइ राम्रै भए पनि घर फर्किँदा भने रित्तै फर्किनुपर्ने बाध्यता उहाँले सुनाउनुभयो । एक वर्षदेखि अर्जुनले अटो रिक्सा चलाउँदै आउनुभएको छ । संयुक्त परिवारमा बस्ने अर्जुनको थोरै कमाइले घरपरिवारमा गुजारा गर्न भने मुस्किल हुने गरेको छ ।

घरमा एक्लो व्यक्तिको कमाइले घरपरिवारको गुजारा गर्न समस्या हुन थालेपछि विदेश जाने तयारीमा लागेको उहाँ बताउनुहुन्छ । कोरोना सङ्क्रमण फैलनुभन्दा पहिले स्वदेशमै केही गर्नुपर्छ भन्ने सपना देखेका अर्जुनलाई कोरोनाका कारण व्यवसायबाट सोचेअनुसार आम्दानी हुन नसकेपछि भने विदेशको तयारी गर्नुपर्ने बाध्यता आइलागेको हो ।

“कोरोना सङ्क्रमण हुने जोखिमले व्यवसायमा नराम्रो असर पर्दा घर गुजारा पनि नहुने अवस्थामा आएको छ”, उहाँले भन्नुभयो, “व्यवसाय गर्दा भएको आम्दानीले गाडीको किस्ता, घरको गुजारा चलाउन मुस्किल भयो, अरु केही काम गरौँभन्दा पूँजीको समस्या छ, कोरोना सङ्क्रमण कम हुनासाथ विदेशको राहदानी लगाउने तयारी गरिरहेको छु ।”

टीकापुर नगरपालिका–२ राजीपुरका मोहन ठकुल्ला पनि छ वर्ष विदेश बसेर स्वदेश फर्किनुभयो । विदेशमा पनि राम्रो कमाइ गर्नुभएका मोहनले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटका साथ अटो रिक्सा किन्नुभयो । घरपरिवारको आन्तरिक समस्याका कारणले पनि उहाँले विदेशको सपना भुलिसक्नुभएको थियो । अटो रिक्सा किन्दा दैनिक एक हजार ५०० सम्म बचत हुन थालेपछि आफू विदेश गएर फसेको रहेछु भन्ने लागेको उहाँ बताउनुहुन्छ ।

कोरोनाको जोखिमका कारण व्यवसायमा परेको असरले अटो रिक्सा चालक मारमा परेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “कोरोनाले सबै व्यवसायको अवस्था नाजुक बनाएको छ । अहिले ग्राहकसँग पनि तोकिएको भाडा पाउन सकिने अवस्था छैन, जुन उमङ्ग पहिले थियो, त्यो रहेन । कतिपय मजदुरले फेरि विदेशको सपना देख्न थालेका छन् ।”

कोरोनाको जोखिमका कारण पछिल्ला महिनामा अटो रिक्सा चालकमा परेको असरले सोचेअनुसार आम्दानी हुन नसकेपछि टीकापुर, लम्की र आसपासका सडकमा रिक्सा चलाउने कतिपय मजदुर पुनः विदेशिने तयारी गरिरहँदा अन्य कतिपयले भने जे जस्तो अवस्था भए पनि अब आफ्नै देशमा काम गरेर जीविका चलाउने अठोटमा देखिन्छन् । सडकको अवस्था जीर्ण भएकाले पनि रिक्सा चलाएर जीविका चलाउने मजदुरलाई सहजरूपमा व्यवसाय गर्न कठिनाइ देखिन्छ । “ठाउँठाउँमा बिग्रेको सडकको अवस्थामा सुधार नआउँदा सहजरूपमा व्यवसाय गर्न पनि समस्या भइरहेको छ”, अर्का अटो रिक्सा चालक जनक टमट्टाले भन्नुभयो, “ग्राभेल र खाल्टाखुल्टी परेको सडक भएकाले रिक्सा बिग्रने गर्छ, यात्रु पाइँदैन, पाए पनि सस्तोमा जान खोज्छन् ।” कैलाली जिल्लाको दक्षिण पूर्वी शहर टीकापुर नगरपालिका क्षेत्रमा १०० भन्दा बढी अटो रिक्सा चल्ने गरेका छन् ।

सामान्य लेखपढ गरेका, दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका युवाको स्वरोजगारको मुख्य स्रोत नै अटो रिक्सा व्यवसाय बन्दा कोरोनाको जोखिमले पुगेको असरले भने उनीहरूको आम्दानीमा असर पुगिरहेको छ । सबै रिक्सा चालकसँग लाइसेन्स (चालक अनुमतिपत्र) समेत नहुँदा पनि बेलाबखत विभिन्न खालको हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ ।

चालक अनुमतिपत्र बिना नै रिक्सा चलाएर हुनसक्ने कुनै दुर्घटनाबाट पुग्ने सम्पूर्ण क्षतिपूर्ति सम्बन्धित अटो चालकले नै व्यहोर्नुपर्ने बाध्यता आफूहरूको रहेको ती मजदूरको गुनासो छ । लेखपढ गर्न नसक्ने यो व्यवसायमा लागेको अवस्थामा चालक अनुमतिपत्र लिँदा लिइने लिखित परीक्षा र ‘ट्रायल‘ परीक्षा लिँदा तोकिएको मापदण्ड पूरा गर्न नसक्दा लाइसेन्स पाउन आफूहरूका लागि फलामको च्युरा चपाउनुसरह बनेको गुनासो मजदुरको छ ।

यसबाहेक रिक्सा कुन सडकमा चलाउन पाउने, कुनमा नपाउने भन्ने विषयमा रिक्सा चालकलाई रुट परमिट (सडक इजाजत) उपलब्ध गराउने व्यवस्था नहुँदा पनि समस्या भइरहेको छ । उनीहरूको गुनासो छ, “बर्दिया जिल्लाबाट रुट परमिट पाएका आटो चालक कैलालीको लम्कीसम्म सहजरूपमा पुग्छन्, तर हामीलाई आफ्नै जिल्लामा रुट परमिट पाउन कठिन छ ।”

 

(gorkhapatraonline.com बाट साभार)

सिफारिस

अर्थ/ब्यापार

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
28
अर्थ/ब्यापार

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
16
अर्थ/ब्यापार

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७
18
अर्थ/ब्यापार

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी ३४ औ बर्षमा प्रवेश !

फाल्गुन ११, २०७७
31
(सहकारी खबरबाट साभार)
अर्थ/ब्यापार

चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाको पहिलो सेवा केन्द्र लालपुरमा !

फाल्गुन ११, २०७७
23
अर्थ/ब्यापार

घोषणाको २५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरे, दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास शिलान्यास !

फाल्गुन ११, २०७७
21
अर्को

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले कति गरे भुक्तानी ?

शरीरको इम्युनिटी पावर बढाउन यी खानेकुरा खानुहोस् !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In