सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्यटकको पर्खाईमा नारच्याङको झरना !

बेनी । कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको आगमनको पर्खाइमा छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित झरनाले पर्यटकलाई खुब लोभ्याउँछ ।

अग्लो पहाडको टुप्पोबाट कलकल झर्ने सङ्लो पानी निकै सुन्दर, आकर्षक अनि मनमोहक देखिन्छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुले झरनालाइ पृष्ठभूमिमा पारेर तस्बीर खिच्नका लागि भए पनि केही समय त्यस क्षेत्रमा बिताउने गर्दछन् ।

तीन सय मिटर माथिबाट झर्ने झरना समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित छ । झरना कहिले बन्यो भन्नेतर्फ भन्दा पनि नारच्याङमा मानव बस्ती सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै झरना रहेको स्थानीयको अनुमान छ । फरक विशेषता बोकेको यस झरनामा म्याग्दी, बागलुङ, मुस्ताङ र पोखरासहित विदेशबाट पर्यटकहरु आउने गरेको सिर्जनशील आमा समूह नारच्याङका अध्यक्ष नरिमाया पूर्जा पुनले बताउनुभयो ।

World Link Ads
Health Notice Kanchanpur

राष्ट्रिय महत्वको बेनी–जोमसोम–कोरला सडकखण्डबाटै देखिने तथा नजिकमा पर्ने भएकाले बेनी जोमसोम सडक खण्डमा यात्रा गर्ने अधिकांश पर्यटकहरु नारच्याङ झरनामा पुगेर रमाउने गर्दछन् । पर्यटकलाई लक्षित गरेर नारच्याङ गाउँमा होमस्टे समेत सञ्चालन गरिएको छ । नारच्याङ झरनाभन्दा माथि मानव वस्ती छैन ।

Sana Kishan

झरनाको मुल देखि नै मानवीय असर नभएको हुँदा झरनामा कृतिम फोहोर नपरेकोले सफा छ । झरनाको तल फेदीमा भुमेको थान (मन्दिर) बनाइएको छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप रौनक थपिदिएको छ । वर्षको एकपटक भुमेथानको मन्दिरमा पुजा गर्ने गरिन्छ । यो मन्दिरमा बोका र कुखुराको भाले बलि दिइन्छ ।

नेपालकै चर्चित मध्ये म्याग्दीको अन्नपूर्ण–३, दानामा रहेको रुप्से र अन्नपूर्ण–४, नारच्याङको नारच्याङ झरनालाई मानिन्छ । रुप्से झरना रुप्सेको नजिकमा पुगेपछि मात्रै देख्न सकिन्छ । तर, नारच्याङ झरना भने अलिक टाढै बाट पनि देख्न सकिने भएकाले यसालाई सबैले महत्वका साथ हेर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडकखण्ड र त्यस आसपासको क्षेत्रबाट अवलोकन तथा फोटोसेसन गर्न सकिने भएकाले यस झरनामा पुग्न पर्यटकहरुलाई सहज र सजिलो छ । नारच्याङको बेंसीगाउँबाट आधा घण्टाको पैदल दूरीमा पुग्न सकिने उक्त झरनाले हाल सम्म कुनै पनि अन्य क्षती गराएको छैन ।

पर्यटकीय, धार्मिक एवं ऐतिहासिक क्षेत्रको विकास र प्रवर्धनका लागि जोड दिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । नारच्याङ झरना र हिस्तानको महभीर झरनाको विकास गर्न गाउँपालिकामार्फत डिपिआर बनाएर केन्द्रमा बजेट माग गर्नका लागि आवश्यक पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

(अमृतप्रसाद पौडेलले गोरखापत्र अनलाइन मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.