बैतडी- नेपाल विद्यालय कर्मचारी परिषद मेलौली नगर ईकाई कमिटिको बैठक सम्पन्न भएको छ । नगर ईकाई कमिटि अध्यक्ष रामचन्द्र ओझाको अध्यक्षतामा बिभिन्न बिषयहरुमा छलफल गर्दै बैठक सम्पन्न भएको हो । बैठक पश्चात मेलौली नगर ईकाई कमिटिले नगरपालिकाका बिभिन्न बिद्यालयहरुमा कार्यरत बिद्यालय कर्मचारीहरुको तलब बृद्धिको माग गर्दै नगर शिक्षा समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
संघियता आउनुभन्दा अगाडीदेखि नै बिद्यालयमा कार्यालय सहयोगी तथा लेखापालको रुपमा काम गर्दै आएका भन्दै उनिहरुले आफुहरुले न्युनतम पारिश्रामिकमा काम गर्नुपरेको अवगत गारउँदै तलब बृद्धिको माग गरेर नगरपालिकाको शिक्षा शाखा मार्फत नगर शिक्षा समितिलाई सोमबार ज्ञापन पत्र बुझाएका हुन ।
देश संघिय संरचनामा गएर बिद्यालयहरु स्थानिय सरकार मातहत भए पनि नगरपालिकाले बिद्यालय कर्मचारीहरको पिडा बुझ्न नसकेको उनीहरुको भनाई छ । अहिले पनी आफु मासिक न्युनतम ४ हजार ५ सयमै काम गरिरहेको भन्दै तलब बृद्धिको माग गर्दै ज्ञापन पत्र बुझाएको मेलौलीको मणिलेक माबि काडामा लेखापालको रुपमा कार्यरत रहेका राम चन्द्र ओझाले बताउनुभयो ।
न्युन पारिश्रामिकमा काम गर्दा आफुहरुलाई घर खर्च चलाउनै मुस्कील हुने गरेको उहाँले बतामउनुभयो । आफनगरपालिका भरिका बिभिन्न बिद्यालयहरुमा कार्यरत ५७ जना बिद्यालय कर्मचारीहरुले नगर शिक्षा समितिलाई ज्ञापन पत्र बुझाएको उहाँको भनाई छ । बिभिन्न समयमा आफुहरुले तलब बृद्धिका लागी आवाज उठाए पनी माग सम्बोधन नभएको उनीहरुको गुनासो रहेको छ । अब पनी आफ्ना मागहरु पुरा नभएमा बिभिन्न संर्घषका कार्यक्रमहरु गर्ने पनी बैठकले निर्णय गरेको छ ।
(रेडियो बैतडी बाट साभार)