सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यो हो विश्वकै ठूलो सु’नको मू’र्ति, रोचक छ इतिहास

 

Sana Kishan

विश्वमा सबैभन्दा ठूलो बु’द्धको मू’र्ति चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा रहेको छ । झण्डै ९० वर्ष लगाएर निर्माण गरिएको उक्त बुद्धमू’र्तिको निर्माण सन् ७१३ मा सुरु भएको थियो । त्यसबेला चीनमा तांग वंशको शा’सन थियो । यो विशाल मूर्ति प’त्थरको हो । तर विश्वको सबैभन्दा ठूलो सुनको मू’र्तिचाहिँ थाइल्याण्डको राजधानी बैंककमा छ । भगवान बुद्धको उक्त मूर्तिलाई द गोल्डेन बुद्ध पनि भनिन्छ । बैंककस्थित वाट ट्रेमिट मन्दिरमा रहेको उक्त मू’र्ति ९.८ फिट अग्लो ५५ सय किलोग्राम तौलको छ । यो मूर्तिमा भएको सु’नको मूल्य हिसाब गर्ने हो भने यो मूर्तिको कूल मूल्य ३० अर्ब रुपैयाँ भन्दा धेरै पर्दछ । यो सुनको मूर्तिको रहस्य सन् १९५५ मा मात्रै पत्ता लागेको हो । किनकि, त्यतिबेला सम्म यो मूर्तिको बाहिर भागमा प्ला’स्टर लेपन गरिएको हुँदा त्यो सुनको मूर्ति होला भन्ने कसैको कल्पना थिएन । सो मूर्तिलाई नयाँ ठाउँमा राख्नका लागि मन्दिर परिसरमा एउटा नयाँ भवन बनाइएको थियो । सन् १९५५ मा जब उक्त मूर्तिलाई नयाँ ठाउँमा स्थानान्तरण गर्न थालियो, तब एक्कासि त्यो विशाल मूर्ति भुइँमा पल्टियो । जोडसँग भुइँमा प’ल्टिँदा मूर्तिको बाहिरी भागमा रहेको प्लास्टरको पत्र उ’प्कियो र भित्रको सुन देखियो । तब मात्र त्यो मूर्ति पूरै सुनबाट बनेको हो भन्ने कुरा पत्ता लाग्यो । वाट ट्रेमिट मन्दिरमा उक्त मूर्ति राख्नका लागि एउटा भव्य भवन निर्माण गरियो र मूर्तिलाई त्यहीँ स्थापित गरियो । इतिहास अनुसार, सन् १७६७ मा बर्माका आ’क्रमणकारीबाट जोगाउनका लागि उक्त मूर्तिमा प्लास्टर लेपन गरिएको थियो ताकि उक्त मूर्ति सुनको भएको जानकारी नहोस् र चोरी नगरुन् । यो मूर्ति कहिले बनेको हो भन्ने पत्ता लागेको छैन । तथापि, १३ औं तथा चौधौं शताब्दीका सुखोथाई राजवंशका पालाको शैलीबाट उक्त मूर्ति बनेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.