सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देश आज अभिभावकबिहीन बनेर रोइरहेको छः प्रचण्ड

काठमाडौँ ।
यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई खेमाले आफूसँग नजिक रहेका भ्रातृ संगठन र कार्यकर्तासँग भेटवार्ता र समूहगत कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।

यही क्रममा दुवै समूहले एकले अर्कोको आलोचना गर्दै आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् । विभिन्न स्थानमा हुने कार्यक्रम पनि दुई समूहले आफू इत्तरको समूहका नेतालाई गाली गर्ने र कमिकमजोरी देखाउनेमै कार्यक्रम केन्द्रित भइरहेका छन् ।

यस्ता सतही आलोचना र गालीगलौजले क्षणिक आनन्द हुने भएपनि देश विकासको आश्वासन लिएर जनप्रतिनिधि बनेका नेताले जिम्मेवारी झुलेको आरोप जनताले नै गर्न थालेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि दुईबीचको सवालजवाफमै कार्यक्रम बिताउने गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसैबीच प्रचण्डले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका छन्। प्रधानमन्त्री ओलीले शनिबार जनताको ओठमा हाँसो देख्दा प्रचण्डलाई दुःखेको बताएका थिए।

Dirghayu Ads

‘उहाँहरूले देश बर्बाद पार्न खोज्दा मैले दिइनँ। उहाँहरूलाई त्यही चिन्ता भएको हो। म देशको मुहारमा मुस्कान ल्याउन चाहन्छु’ उनले भनेका थिए, ‘म हसाउँदै हिँड्छु। तर, मान्छे मार्दै हिँड्न सक्दिनँ।’ ‘मान्छे मारेर, कुटेर लुटेर, जनतालाई रुवाएको आरोप लगाएका थिए। मैले मान्छे हासे भनेर जोकर नै रहेछ भनेछन्।

जनता हासेको देखेर किन पीर परेको होला?’ उनले भनेका थिए। तर, आइतबार त्यसको जवाफ फर्काउँदै प्रचण्डले आफ्नो अभिभावक मरेको र देश अशान्त भएको बेलामा खुसी मनाउन नसक्ने बताएका छन्।

‘हामी हाँसीमजाक गर्ने मुडका छैनौँ। चिन्तित छौँ। परिवारको अभिभावनको मरेको बेलामा हामी खुसी मनाउँदैनौँ’ उनले भने, ‘परिवारमा बाआमा बरेको बेलाको बेलामा कसैले खुसी मनाउँदैन।’ ओलीले संविधानमा प्रहार गर्नु भनेको उल्टो खोपडी रहेको रहेको दाबी गरे। ओलीको चरित्र जोकरले देखाउने चरित्र मात्रै रहेको जिकिर गरे। दैनिक सञ्चार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.