सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचनका लागि ८ अर्ब चाहिने आयोगको प्रारम्भिक अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा तय भएको मध्यावधि निर्वाचनको खर्चबारे छलफल थालेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार चुनाव खर्चबारे सामान्य छलफल भएको छ । यसबारे आइतबार अर्थसचिवसँग छलफल गरिएको उनले बताए ।

“हिजो अर्थसचिवसँग कुरा भएको छ । अहिले लगभग ८ अर्बको अनुमान भएको छ । टुंगो लागिसकेको छैन । यो हप्ताभित्र आँकलन टुंग्याएर अर्थ मन्त्रालयलाई पत्र पठाउँछौँ,” प्रवक्ता श्रेष्ठले भने ।

World Link Ads
Mahakali Polytechnic

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको थियो । वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तय गरिएको छ ।

Sana Kishan

उता, प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसबारे निरन्तर सुनुवाइ भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचनको तयारी अघि बढाएको छ ।

आयोगले आइतबार निर्वाचनका विषयमा राजनीतिका दलका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो । आयोगले निर्वाचनका लागि मतदान स्थल र केन्द्र तथा मतदाता नामावली अध्यावधिकको कार्य पनि अघि बढाएको छ ।

वार्षिक प्रतिवेदन बुझाउँदै
निर्वाचन आयोगले सोमबार वार्षिक प्रतिवेदन बुझाउने भएको छ । आयोगले प्रतिवेदन दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने प्रवक्ता श्रेष्ठले बताए । “आयोगको प्रतिवेदन आज दिउँसो १ बजे राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम छ”, उनले भने ।सारस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.