सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मानव शरीरमा योगको प्रभाव

योग शब्द संस्कृत भाषाको युज् धातुबाट आएको हो । जसको अर्थ जोड्नु हुने गर्दछ । योगले शरीर, मन, चेतना र आत्मालाई सन्तुलित पार्ने गर्दछ । मानव जीवनमा योग र ध्यानको महŒव विभिन्न दृष्टिकोणबाट रहेको पाइन्छ । मानव जीवनका प्रत्येक पक्षसँग योगको प्रत्यक्ष सम्बन्ध रहेको छ ।

आध्यात्मिक, वैज्ञानिक, शारीरिक, मानसिक, सामाजिक एंव चिकित्सा प्रत्येक क्षेत्रमा योगको महŒव रहेको छ । आध्यात्मिक दृष्टिकोणबाट योगको महŒव हेर्ने हो भने योगले मास्तिष्कका दुवै भागलाई समन्वय गरी सम्बन्ध स्थापित गर्ने गर्दछ । मन्त्र, जप, ध्यान धारणा, आसन प्राणायाम आदिको माध्यमबाट आध्यात्मिक पक्षको विकास हुने गर्दछ । योगको माध्यमबाट मानसिक सन्तुलन बढाउन सकिन्छ भन्ने योगका शोधकर्ताहरूले बिभिन्न शोधबाट स्पष्ट पारिसकेका छन ।

शोधकर्ताह?ले आफ्नो अनुसन्धानबाट के स्पष्ट पारेका छन भने दायाँ मस्तिष्कको सम्बन्ध इडा नाडीसँग र बायाँ मास्तिष्कको सम्बन्ध पिगला नाडिसँग रहेको छ । तसर्थ प्राणायामको माध्यमले दुवै मास्तिष्कलाई सव्रिmय पारी असल व्यक्तित्व निर्माणमा योगको महŒव रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

योग र ध्यानको नियमित अभ्यासबाट मात्र आध्यात्मिक एंव भौतिक विकास सम्भव हुने र एकाग्रता बढ्ने गर्दछ । योग एउटा यस्तो पद्धति हो । जसभित्र अष्टाङ्ग योग यम, नियम, आसन, प्राणायाम प्रत्याहार, धारणा ध्यान र समाधि समावेश गरिएको छ । जब व्यक्ति आयुर्वेद र योगको पालना गरेर आफ्नो दिनचर्या वा जीवन व्यतित गर्न थाल्दछ । तब ऊ कुनै पनि प्रकारको शरीरिक वा मानसिक कष्टबाट सधैको लागि छुटकारा पाउने गर्दछ ।

Dirghayu Ads

अर्थात् स्वस्थ्य शरीरको निर्माण गर्न सक्षम हुने गर्दछ । योग र ध्यानले प्राण तŒव विकसित गर्ने गर्दछ । योग र ध्यान कुप्रभावहीन पद्धति हो । योग एवं ध्यान एक सरल चिकित्सा पद्धति हो । योग एवं ध्यान कम खर्चिलो पद्धति हो । योग एवं ध्यानले मन, आत्मा र शरीरको चिकित्सा एवं साथ गर्दछ ।

Sana Kishan

योग एवं ध्यानले उचित जीवनशैलीको विकास गर्दछ । योग एवं ध्यान सम्पूर्ण शरीर शुद्धीकरण प्रक्रिया हो । यसले सुक्ष्म तत्व (अगं)को सक्रियता बढाउने गर्दछ । आयु वृद्धि गर्ने गर्दछ ।
आज आधुनिक युगमा व्यक्ति मानसिक तनाव तथा शारीरिक रोगबाट दिनदिनै ग्रसित भइरहेको अवस्था छ । दिनभरिको व्यवस्थाका कारण व्यक्ति मानसिक र शारीरिक तपबाट तनाव ग्रस्त भइरहेको छ । योगको उद्देश्य शरिरका विभिन्न क्रियाकलाप बिच सामजस्य स्थापित गरेर सम्पूर्ण शरीरलाई स्वस्थ बनाउनु हो ।

आज व्यक्तिको जीवन कठिन परिस्थितिसँग सघर्ष गर्दा गर्दै व्यतित भइराखेको छ । विभिन्न तनाव एंव चिन्ताका बिच दिनचार्य चलिरहेको छ । जसको फलस्व?प मानसिक रोगीको संख्या एंव आत्महत्या गर्ने व्यक्तिको संख्या बढिरहेको छ । यसरी समाजमा भईरहेका नरामा्र घटनाह?लाई ध्यान, धारण वा पा्रणायामबाट छुटकारा दिनु योगको उद्धेश्य रहेको छ । वर्तमान समयमा योगले वैकल्पिक चिकित्साको ?पमा प्रवेश गरिरहेको छ ।

योगको माध्यमबाट विभिन्न जटिल रोगह?को समस्या सामाधान गर्न सकिन्छ । धेरै रोगह? जस्तै श्वासप्रश्वास रोग, मधुमेह, रक्त्तचाप, अन्थ्राइटिस, पाचनतन्त्र, प्रजननतन्त्र आदि जटिलरोगको सफल उपचार गर्न आधुनिक चिकित्सा प्रण।ली असफल भएको अवस्थामा योग वैकल्पिक चिकित्साको ?पमा अगाडी आएको छ । त्यस्तै मानसिक ?पमा तनाव ग्रस्तको उपचारमा पनि योगले उल्लेखनीय योगदान पु¥याएको छ । तसर्थ योगको उद्देश्य व्यक्तिको स्वस्थ शरीरको निर्माण तथा रोग मुक्त शरीर निर्माण गर्नु पनि रहेको छ ।
योगले मानव शरीरको शारीरिक पक्षमा पार्ने प्रभाव –
योगले मानव शरीरको शारीरिक पक्षमा प्रत्यक्ष प्रभाव पार्दछ । योगले शरीरलाई सन्तुलित र स्वस्थ राख्न महŒवपूर्ण भुमिका निर्वाह गर्दछ । विश्व स्वास्थ संगठनले स्वास्थ्यलाई यसरी परिभाषित गरेको छ । रोग र दुर्वलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक र समाजिक ?पमा पूर्ण तन्दुरूस्त हुुनुलाई स्वास्थ्य भनिन्छ ।

शारीरिक स्वास्थ्यको जीवनमा सवैभन्दा वढी महŒव हुने गर्दछ । अर्थात् शारीरिक स्वास्थलाई आधारभूत स्वास्थ्य मान्ने गरिन्छ । तसर्थ भन्ने गरिन्छ स्वास्थ्य नै धन हो । शरीरलाई शारीरिक ?पमा स्वास्थ बनाइ राख्न हामीले योग, व्यायाम र भोजनमा विशेष ध्यान दनु पर्दछ । शारीरिक स्वास्थ्य प्राप्त गर्न आसनले विशेष सहयोग गर्ने गर्दछन् । आसनको बारेमा महर्षि घेरण्यले घेरण्य संहितामा भनिएको छ ।

आसनानि समस्तानि यावन्तो जीवजन्तव ः ।
चतुरशीति लक्षाणि शिवेन कथितानि च ।। २÷१।।
तेषां मध्ये विशिष्टानि षेडशोनं शर्त कृतम् ।
तेषां मध्ये मत्र्यलोके द्वात्रिंशदासनं शुभम् ।।२÷२।। (घेरण्य सहिंता)
संसारमा जति जीवजन्तु छन् त्यति नै संख्यामा आसन रहेका छन् । भगवान शिवले पहिले चौरासी लाख आसनको बारेमा बताए जसमा चौरासी आसनलाई श्रेष्ठ बताए ,चौरासी आसनमा पनि यस मुत्युलोकका लागि बत्तिस आसन अति शुभ रहेका छन् । शरीरको अवस्थालाई विशेष ध्यान दिएर विभिन्न प्रकारका योगासन गर्नुपर्दछ । स्वस्थ व्यक्तिका लागि आसन गर्नमा कुनै अवरोध नभए पनि बालबालिका, वृद्ध, गर्भवती महिला र रोगी व्यक्तिले योग गर्दा धेरै सावधानी अपनाउनु पर्दछ । शरीरलाई आन्तरिक ?पमा स्वस्थ राख्न षट्कर्मले विशेष भूमिका निर्वाह गर्ने गर्दछ ।
धौतिवस्तिस्तथा नेतिः लौलिकी त्राटकं तथा ।

कपालभातिश्चैतानि षट्कर्माणि समाचरेत् ।।१÷२ (घेरण्य सहिंता )
धौति, वस्ति, नेति, नौली, त्राटक र कपालभाति गरी षट्कर्म छ वटा हुने गर्दछन् । यसरी योगका विभिन्न प्रक्रिया आसन, प्राणायाम, मुद्रा, बन्ध र षट्कर्मले शरीरलाई शारीरिक स्वास्थ राख्न प्रत्यक्ष ?पमा सहयोग गर्ने गर्दछन् । योगाचार्य गणेश दत्त भट्ट 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.