सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतद्वारा सीमावर्ती नेपाली किसानलाई अन्नबाली भित्र्राउन दशजगा सडकमा अवरोध

बेलौरी,कञ्चनपुर नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली भारत भ्रमणमा रहेकै बेला भारतीय पक्षले कञ्चनपुरको सीमा क्षेत्रम नेपालीमाथि ज्यादती गरेको छ ।
संसद विघटनले केन्द्रमा राजनीतिक नेता र सरकारविच भारतीय पक्षले सरकार टिकाएको संसद भङ गरेर अस्थिरता मच्चाएको आरोप प्रत्यारो चलिरहेका बेला कञ्चनपुरको सीमावर्ती क्षेत्रका किसानलाई भारतीय पक्षबाट अवरोध भईरहेको छ ।

भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटका नेपाली किसानलाई अन्नबाली भित्र्राउन दशगजाको सडक प्रयोगमा रोक लगाएको छ ।
बषौँदेखि नेपाल (सडकघाट) र भारत (टिल्ला नम्बर ४ का) किसानले प्रयोग गर्दै आएको दशगजा क्षेत्रको सडक एसएसबीले नेपाली किसानका लागि रोक लगाएको हो । भारतीय किसानलाई भने निर्वाध रुपमा उपभोग गर्न दिएर नेपाली किसानलाई प्रयोग गर्न नदिएको सीमावर्ती सडकघाटका नेपाली किसानले बताएका छन ।

स्थानीय चक्र्र बहादुर कठायतले भारतीय एसएसबीले उक्त सडक नेपाली किसानलाई प्रयोग गर्न नदिएपछि नेपाली किसान मारमा परेको बताए । ‘हामीलाई सो सडक प्रयोग गर्न दिएको छैन, ‘उनले भने, ‘सडक प्रयोग गर्न नदिदा नेपालीको अन्नबाली खेतमै कुहिने भयो ।’ आफुहरु खेतमा जाँदा यो सडक भएर नआउनुहोस भन्दै एसएसबीले जवानहरुले फकाईदिने गरेको उनले दुखेसो पोखे ।‘मैले यो सडक ३५÷४० सालदेखि प्रयोग गर्दै आएको छु, उता भारतीय नागरिकले पनि प्रयोग गर्दछ, ‘नेपाली किसान कठायतले भने, ‘अहिले एकाएक आएर एसएसबीले रोकिरहेको छ ।’

World Link Ads
Mahakali Polytechnic

स्थानीय शिक्षक बुद्धिजिवी समेत रहेका विवेक लम्सालले भारतीय ज्यादतीका कारण नेपालीले आफ्नै खेतमा उत्पादन भएको अन्नबाली भित्र्राउन नपाएको बताए । ‘मैले खेतमा तोरी सुकेर त्यही नष्ट हुनेभईसक्यो, एसएसबीले दशगजाको सडक प्रयोग गर्न दिदैन, ‘उनले भने, ‘हामी सीमावासीमाथि यस्तो अपराध कहिलेसम्म सहने ।’ सरकारले समेत चासो नदेखाएको उनको दुखेसो छ । ‘यो सडक दुवै देशका नागरिकले अन्नबाली खेतिपातीका लागि प्रयोग गर्दै आएका थियौँ, ‘उनले भने, ‘तर आज आएर एसएसबीले हामी नेपाली किसानमाथि यत्रो अन्याय गरिरहेको छ ।’ पाक्नै लागेको अन्नबाली भित्र्राउन आफ्नै खेतमा जाँदा समेत एसएसबीको अबरोध आईरहेको बताउदै सयौँ किसान मारमा परेको बताए ।

Sana Kishan

बेलौरीका स्थानीय युवक लाल बहादुर शाहीले भारतले नेपाल र नेपालीमाथि गर्दै आएको ज्यादतीको निरन्तरता भएको टिप्पणी गरे । उनले जनताको समस्या बुझ्दै सरकारले भारतीय पक्षसंग वार्ता गरेर समाधान गर्नुपर्नेमा जोडदिए । भारतीय पक्षले बेलौरी नगरपालिका क्षेत्रका सीमा क्षेत्रमा पटक पटक हस्तक्षेप गर्दै आएको स्मरण गराउँदै शाहीले हेपाह प्रवृतिको उपज भएको बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले कानुन अनुरुप दशगजा क्षेत्रको सडक दुवै देशले उपभोग गर्न नपाउने बताउदै व्यवहारिक रुपमा दुवै देशका नागरिकले विगतदेखि प्रयोग गर्दै आएकाले दशगजा क्षेत्रको सडक प्रयोगको विषयमा विवाद आएको बताए । ‘सडक घाट क्षेत्रमा केही विवाद आएको छ, ‘प्रजिअ महतोले भने, ‘दुवै देशका सीमा प्रमुख हाम्रो नेपालका एसपी र उता भारतका एसएसबीका कमानटेण्ड नभएकाले सहजिकरण हुन सकेको छैन, ‘उनले भने, ‘दुवै देशका अधिकार सहित विवाद समाधान गछौँ ।’ प्रजिअ महतोले सो क्षेत्रमा भारतबाट अवैध रुपमा उखु तस्करीको भईरहेको जनगुनासो समेत आईरहेकाले त्यस तर्फ समेत ध्यान दिदै सीमा क्षेत्रमा गैर कानुनी काम गर्न कसैलाई छुट नभएको बताए ।

‘बषौँदेखि दुवै देशका नागरिकले प्रयोग गर्दै आएको सडकको विषयमा सहजिकरण गर्न सकिन्छ, ‘उनले भने, ‘अन्य गैर कानुनी विषयमा हुदैन, जनताको विषयमा छलफल गरेर निकास निकाल्छौँ ।’ दुई बर्ष अघि पनि बेलौरी नगरपालिका १० सडकघाट क्षेत्रमा नेपाल भूमिमै सडक फराकिलो बनाउने क्रममा भारतीय एसएसबीले सडक अवरोध गरेको थियो । आर्थिक बर्ष २०७४÷०७५ को माघ पहिलो सातातिरै भारतीय एसएसबीले २ किलोमिटर सडकलाई ८ मिटर चौडाई गर्न योजनामा अवरोध गरेको थियो ।

दुई बर्ष अघि सडक अवरोध पछि दशगजा क्षेत्रमा नेपालीमाथि हस्तक्षेप गरेको भन्दै स्थानीय बिरोधमा उत्रेका छन । पटक पटक भारतीय पक्षबाट नेपालीमाथि हुने हस्तक्षेप बिरुद्ध सरकारी एक्सन नभएकाले हस्तक्षेप बढिरहेको बुद्धिजिवीहरुको भनाई छ । शुक्रबार अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्ट सहितको टोलीले सो क्षेत्रको स्थगत अनुगमद गर्दै सीमा क्षेत्रमा अनावश्यक नेपालीमाथि अवरोध नगर्न आग्रह गरेका थिए । बिमल धामिले बेलडाडी पोस्टमा लेखेका छन

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.