सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्ता छन दही खानुको फाइदा , बाथरोगबाट बच्न खानुहोस् दही !!

दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्ने सल्लाह दिइन्छ ।दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ । यसले अरू खानेकुराबाट प्राप्त पौष्टिक तत्वलाई पनि शरीरमा पचाउन मद्दत गर्छ । पीरो र मसालादार खानेकुरा खाएपछि उत्पन्न तातोपनालाई दहीले चिस्याउन मद्दत गर्छ ।

Sana Kishan

मुटु स्वस्थ राख्नका लागि दही लाभदायक हुन्छ । यसको नियमित प्रयोगले उच्च रक्तचापको जोखिम हटाउँछ र मुटुका धमनीलाई बाक्लो हुनबाट रोकेर कोलेस्ट्रोल घटाउँछ । दहीमा विद्यमान असल ब्याक्टेरियाले शरीरमा भएका अनेकौं हानिकारक सूक्ष्म कोषिकासँग लडेर शरीरको रोगप्रतिरोधात्मक क्षमतामा अभिवृद्धि गर्छ ।

दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ ।छाला चम्किलो बनाउन तथा कपालको चायाँ हटाउन दहीले मद्दत गर्छ । यसमा हुने ल्याक्टिक एसिड र एन्टी फंगल प्रपर्टीले चायाँ निर्मूल गराउँछ । तनाव घटाउन समेत दहीले मद्दत गर्छ ।

एक अमेरिकी विश्वविद्यालयले गरेको अध्ययन अनुसार मानसिक पीडाका लागि जिम्मेवार दिमागी तन्तुलाई निष्क्रिय बनाउन दहीले भूमिका खेल्छ ।

यो पनि पढ्नुहोस् :रिसबारे १० प्रेरक प्रसङ्ग : सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन, गलत हुनुहुन्छ भने रिसाउने तपाईलाई कुनै अधिकार नै छैन !!!:रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन हुनेदेखि व्यवसायिक तथा तपाईको पेशागत जीवन पनि खतरामा पर्न सक्छ । यसैले रिस आगो हो भनिन्छ । आगो जस्तै नियन्त्रण गर्न नसके सल्किन्छ ।

रिसलाई पचाउनु पर्छ । नियन्त्रण गर्न सक्नु बुद्धिमानी हुन्छ यसैले विभिन्न विद्धानहरुले रिसबारे धेरै बोलेका पनि छन् । रिस उठ्दा चिच्याउन शक्ति चाहिदैन तर, नियन्त्रण गर्न धेरै शक्ति चाहिन्छ । मुख्य कुरा तपाई यदि सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन, गलत हुनुहुन्छ भने रिसाउनुको कुनै अधिकार हुँदैन ।

कुनै अवस्थामा रिसाउनु पछाडि जायज कारणहरू हुन सक्छन्‌। जस्तै, आफ्ना केही सङ्‌गी उपासकहरूले थिचोमिचो भोगेको कुरा सुनेपछि नहेम्याह नाम गरेका वफादार पुरुषलाई “साह्रै रिस उठ्‌यो।”— बाइबलले उल्लेख गरेको छ । तर रिसाउने मानिस र तिनी वरपर भएकाहरूको लागि अनियन्त्रित रिस हानिकारक हुन्छ भनी बाइबल सिकाउँछ।

यस्ता छन् रिस सम्बन्धी टिप्पणीहरुः :१ रिसको भावनाले रिसाएको व्यक्तिलाई भन्दा आफैलाई सधै चोट पुर्याउछ ।२ रिस उठ्दा चिच्याउन शक्ति चाहिदैन, रिस नियन्त्रण गर्न धेरै शक्ति चाहिन्छ ।रिसको बेलामा बोलेका शब्द यति कठोर हुन्छन जसले एकै मिनेटमा हजारौ सुन्दर चीजहरुको नष्ट गर्न सक्छ ।

३ रिस धेरै खतरा हुन्छ जो सधैँ कमजोर माथि नै पोखिन्छ ।४ यदि तपाइँ सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन र गलत हुनुहुन्छ भने रिसाउने कुनै अधिकार छैन ।५ रिस आगोको आगो हो यसले आगोलाई वशमा पार्न सक्ने मानिसले निभाउन सक्नेछ भने आगो नियन्त्रण गर्न नसक्नेले आफैलाई जलाउने छ ।

६ रिस यस्तो अवस्था हो जसमा जिब्रो दिमाग भन्दा छिटो चल्छ ।७ रिसमा जवाफ नदिनुहोस्, खुशीमा वाचा नगर्नुहोस् र दुःखमा निर्णय नगर्नुहोस् ।८ जसरी उमालेको पानीमा छवि देख्न सकिन्न त्यसरी नै रिसको बेलामा सत्य देख्न सकिन्न ।९ एउटा मानिस बिहान देखि बेलुकासम्म काम गर्दा थकित हुँदैन तर रिस र चिन्ताले एक क्षणमा थकित हुन्छौ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.