सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोभिडको सङ्क्रमणले यी छ अङ्गमा गम्भीर प्रभाव पार्ने

। कोभिडले विभिन्न तरिकामा हाम्रो जीवनलाई प्रभाव पारिरहेको छ । यसले दैनिक जीवनको सामान्य क्रियाकलापमा बाधा पुर्‍याउने र शारीरिकदेखि लिएर मानसिक स्वास्थ्यमा ठूलो जोखिम पुर्‍याइरहेको छ ।

Sana Kishan

कोरोना भाइरसका लक्षण हल्कादेखि गम्भीर रूप लिन सक्छन् । तर, यसले शरीरका धेरै अङ्गहरूमा लामो समयसम्म असर पार्न सक्छ । कोभिडको सङ्क्रमणले फोक्सो, मुटु लगायत ६ अङ्गमा गम्भीर प्रभाव पार्न सक्छ ।

फोक्सोमा कोभिडको प्रभाव

कोभिड १९ एक श्वासप्रश्वासको रोग हो । लामो अवधिमा यसले फोक्सोलाई बिगार्ने गर्छ । सङ्क्रमित तथा सङ्क्रमणबाट निको भएका व्यक्तिमा समेत थकान, छाती दुख्ने र सास फेर्न समस्या भएको गुनासो गर्छन्, जुन सबै कोभिडको लक्षण हो । भाइरसले फोक्सोमा ल्याउने परिवर्तनले फोक्सोको टिशू र थैलीहरूमा नकरात्मक असर गर्छ । जसले श्वसन स्वास्थ्यलाई असर गर्नुका साथै फोक्सोलाई क्षति पुर्‍याउँछ ।

कजेलोमा कोभिडको प्रभाव

कोरोना भाइरसले समग्र स्वास्थ्य र मानसिक स्वास्थ्यमा उत्पन्न गराउने समस्याबाहेक यसले शरीरमा हेपाटिक टिश्युलाई पनि असर गर्छ । सङ्क्रमित वा सङ्क्रमणबाट निको भइसकेकामा कलेजोको एन्जाइम स्तर बढेको र असामान्य कार्य बढेको पाइयो । निको भएपछि समेत धेरै बिरामीमा कलेजोको कार्य सामान्य अवस्थामा फर्कँदैनन् । यो शरीरमा साइटोकाइन्सको गडबडीको कारण हुन सक्छ जुन औषधिको परिणामको कारणले हुनसक्छ ।

मुटुमा कोभिडको प्रभाव

असामान्य मुटुको धड्कन, मुटुको गति तेज हुनु, छाती दुख्ने र अत्याधिक थकान कोभिडको लक्षण हो । निको भइसकेपछि पनि कोभिडले हृदयको स्वास्थ्यमा प्रभाव पारेको हुन्छ । यसबाहेक, ब्लड क्लट गर्ने तथा स्ट्रोकको सम्भावना पनि कोभिडबाट सुरु भएको प्रमुख स्वास्थ्य जोखिममध्ये एक हो ।

मृगौलामा कोभिडको प्रभाव

अन्य जटिलतामध्ये, मृगौलाको कार्यमा कमी हुनु पनि सङ्क्रमित वा सङ्क्रमणबाट निको भइसकेका बिरामीहरूमा बढ्दो समस्यामध्ये एक हो । कोभिडको कारण कम पिसाब उत्पादनको अनुभव हुनु, पटकपटक पिसाब लाग्नु वा ढिलो पिसाब लाग्नु, वा मृगौला डिसफंक्शन हुनसक्छ । मधुमेह रोगी वा उच्च रक्तचापको बिरामीमा मृगौलाको समस्या हुने खतरा बढी हुन्छ ।

कोभिडको कारण पेटसम्बन्धी क्षति

पाचन समस्या तथा पेटसम्बन्धी जटिलता कोभिडको धेरैजसो बिरामीहरूमा देखिएको छ । झाडापखाला, वाकवाकी, बान्ता, भोक नलाग्ने, पेट दुख्नेलगायतका अन्य पेटसम्बन्धी समस्या सङ्क्रमण भएको बेलामा वा निको भइसकेपछि पनि भइरहेको गुनासो गरेका छन् । कोभिडको सङ्क्रमण भएको बेलामा पाचन प्रणालीको असमर्थताको कारण आवश्यक पोषक तत्व र इलेक्ट्रोलाइट्स अवशोषित गर्न नसकेको कारण पेटसम्बन्धी समस्या भएको हुनसक्छ ।

कोभिडपछि मस्तिष्कमा प्रभाव हुन सक्छ

कोभिड १९ को परिणामस्वरूप, बिरामीहरूले पनि हल्कादेखि गम्भीर जलन, मस्तिष्कमा स्ट्रोक र दौरा (सिजर) अनुभव गरेका छन् । सङ्क्रमित भएका वा सङ्क्रमणबाट निको भएका व्यक्तिले टाउको दुख्ने, रिङ्गटा लाग्ने र धमिलो दृष्टिको समस्या भएको गुनासो गरिरहेका छन् । अल्जाइमर र पार्किन्सन रोग कोभिडको दीर्घकालीन प्रभाव हुन सक्ने अध्ययनले दाबी गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.