सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

नेपाल भारतको पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २, २०७७
1 मिनेट पाठ

काठमाडौं । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास गरेको नेपालतर्फ पाइपलाइन सञ्चालन र व्यवस्थापनको जिम्मा पाएको नेपाल आयल निगमको दुई नम्बर प्रादेशिक डिपो अमलेखगन्जले जनाएको छ ।

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७
23

बामदेवसँग प्रधानमन्त्री ओलीले भेटेर गुहार मागे

फाल्गुन १९, २०७७
10

नेपाल भारत सीमा क्षेत्रबाट झण्डै एक सय किलोमिटर पर भारतीय भूमी सिवानमा तेल चोरीको प्रयास भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले जानकारी दिए ।

‘पटनाबाट सिवानसम्म एउटै र त्यहाँबाट नेपाल आउने अमलेखगञ्जतर्फ र भारतको गोरखपुर जाने अर्को पाइपलाइन छ । नेपालतर्फको पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास भएको रहेछ,’ रेग्मीले अनलाइनखबरसँग भने ।

पाइपलाइन फुटाउन खोजिएको ठाउँ नेपाल भारत सीमाबाट एक सय किलोमिटर पर र गोरखपुरतर्फको ट्राइजक्सन (तीन चोसे) भन्दा २० किलोमिटर वर नेपालतर्फ रहेको अमलेखगञ्ज डिपोले जनाएको छ ।

हरेक दिन पाइपलाइन सुरक्षामा भारतीय सुरक्षाकर्मीको पैदल गस्ती हुने भएपनि सुरक्षाकर्मीलाई छलेर रातिको समयमा पाइपलाइनमा आक्रमण भएको जानकारी भारतीय पक्षले डिपोलाई गराएको छ ।

‘बिहीबार बिहान पाइपलाइन माथिको जमिन खनेको र डिजेलको गन्ध आएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको तथा राति नै बरौनी डिपोमा पाइपलाइनको प्रेसर घटेपछि घटना बाहिर आएको जानकारी गराइएको छ,’ डिपो प्रमुख रेग्मीले भने । जमिन खनेर पाइपलाइनमा प्वाल पारेर भर्खरै तीन चोसे गाँसिएको अवस्थामा घटना बाहिरिएको निगमले जनाएको छ ।

आक्रमण भएको दिन बन्द थियो पाइपलाइन

नेपालतर्फको डिजेल भण्डारण ट्यांकी भरीएका कारण पाइपलाइन बन्द रहेकै बेला आक्रमणको प्रयास भएको अमलेखगञ्ज डिपोले जनाएको छ । बुधबारदेखि नै पाइपलाइन बन्द रहेको र सोही राती तीन चोसे गाँस्ने प्रयास भएको डिपो प्रमुख रेग्मीले बताए ।

घटनालगत्तै पुगेको भारतीय आयल कर्पोरेसनको उद्धार टोलीले पाइपलाइन टालेको र अहिले पाइपलाइन फेरि सञ्चलनमा आएको उनको भनाइ छ । पाइपलाइनको प्वाल टालेपछि अहिले प्रतिघण्टा दुई लाख ५० लिटरका दरले डिजेल आयात भइरहेको रेग्मीको भनाइ छ ।

नेपाल भारत पेट्रोलियम सम्झौताअनुसार दुई देशबीचको सीमा रक्सौलदेखि २.७ किलोमिटर वर नोनीयाबाट नेपालतर्फको भूमिमा हुने क्षति मात्रै नेपालले ब्यहोर्ने भएकाले हाल पाइपलाइनमा हुने क्षति भारतले नै बेहोर्ने निगमले दाबी गरेको छ ।

कसरी बिछ्याएको हुन्छ पाइपलाइन ?

गत वर्ष भदौंमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको पाइपलाइन नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर गरी ६९.२ किलोमिटर लामो छ ।

पाइपलाइन सुरक्षाको लागि नेपालतर्फ बिहान र बेलुका नेपाली सेनाले गस्ती गर्छ भने चौबिसै घण्टा रेखदेख गर्ने केही सम्बेदनशील क्षेत्रमा ग्रुप फोर सेक्युरिटीको गार्ड पनि परिचालन गरेको छ । तर गत मंसिरमा नेपाली भूमितर्फ नै सडक खन्ने क्रममा डोजरले पाइपलाइन खनेको थियो ।

आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन जमिनको सतहभन्दा डेढ मिटर मात्रै गहिराइमा छ । पाइपभन्दा माथि १५ सेन्टीमिटर बाक्लो बालुवा बिच्छ्याइएको छ भने बालुवामाथी एक फिट चौडाइ र पुरै पाइपलाइन बराबर लम्बाईको वार्निङ टेप राखिएको छ ।

यसका अलवा पाइपलाइनको हरेक ५० देखि एक सय मिटरको फरकमा पाइपलाइन रहेको भन्ने सूचना बोर्ड लगाइएको हुन्छ ।

 

(नवीन ढुंगानालेे onlinekhabar.com मा लेखेका छन्।)

सिफारिस

मुख्य समाचार

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७
23
मुख्य समाचार

बामदेवसँग प्रधानमन्त्री ओलीले भेटेर गुहार मागे

फाल्गुन १९, २०७७
10
मुख्य समाचार

एनसेलको वाईफाई सिम, ९०० मा ७० जीबी डेटा र २०० मिनेट टकटाइम

फाल्गुन १९, २०७७
59
मुख्य समाचार

देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास

फाल्गुन १९, २०७७
15
मुख्य समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बास्कोटालाई पितृशोक !!

फाल्गुन १९, २०७७
18
मुख्य समाचार

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ !!

फाल्गुन १९, २०७७
102
अर्को

सरकारले सार्वजनिक गर्यो ’नागरिक एप’ !

घर झगडाले गर्यो पुरै परिवार सखाप !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

गाईको महत्व – देबराज उपाध्याय पुरूष !!

फाल्गुन १९, २०७७

शिवरात्रीको अवसरमा सुर्नया २ सिउँडे बैतडीमा पुरुष भलिबल प्रतियोगिता हुने !!

फाल्गुन १९, २०७७

अचेल यसै गरेर गुजारा चलाउन थालेको छु : गजल

फाल्गुन १९, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७

मेयर कप क्रिकेटः गुरुखोला र खलंगा विजयी

फाल्गुन १९, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In