सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ज्योतिषी शास्त्र अनुसार थाहा पाउनुहोस्, कुन बार जन्मने मानिसको स्वभाव कस्तो ?

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल, बुधबारको बुध, बिहीबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो । ज्योतिषी शास्त्रका अनुसार व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्र भाव सम्बन्धित व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ । कुन कार्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा जन्मबारका आधारमा पत्ता लगाउन सकिने ज्योतिषीय मत रहेको छ ।

आइतबारः आइतबार जन्मिने पुरुष भाग्यशाली हुन्छन् । उनीहरुको आयु लामो हुन्छ । यिनीहरु कम बोल्ने र कला र शिक्षामा पनि अगाडि हुन्छन् । यो बार जन्मिने पुरुषमा धार्मिक आस्था पनि हुन्छ र यिनीहरु परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर, यिनीहरुलाई २० देखि २२ वर्षसम्म दुःख हुन्छ । स्त्री भए आइतबार दानपूण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः पुरुष सोमबार जन्मिने पुरुषको बोली मिठो हुन्छ । यस्ता व्यक्तिको जीवनमा सुख दुख बराबर हुन्छ किनकी यिनलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने पुरुष विद्वान, कला कुशल र बहादुर हुन्छन् । यिनर्मा श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।सोमबार जन्मने स्त्री भए सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्तिप्रिय र पुत्रवती हुन्छन् ।

World Link Ads
Mahakali Polytechnic

मंगलबारः मंगलबार जन्मने पुरुष धनी हुन्छन् । यिनको स्वभाव उग्र हुन्छ । त्यसैले उनीहरुसँग मानिसहरु खुसी हुन सक्दैनन्। यिनीहरुलाई छालासम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भइरहन्छ । स्त्री ज्योतिषअनुसार मंगलबार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छन् । यस्ता स्त्री दुब्ला पातला र झगडालु स्वभावका हुन्छन् ।

Sana Kishan

बुधबारः बुधबार जन्मिने पुरुष धर्मकर्ममा आस्था भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र सुशील पनि हुन्छन् ।

बिहीबारः बिहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नुपर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । जुन स्त्रीको बिहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः पुरुष शुक्रबार जन्मिने व्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दिमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशील पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः जुन व्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि व्यावार वा प्रविधिको क्षेत्रमा रुचि राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीसँग सन्तुष्ट हुँदैनन् । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.