सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन पठाउने निर्णय गर्यो । यसपछि नेपाल एयरलाइन्सले रिर्पोट बिनै यात्रु रहेको भनी आलोचना भयो । तर, नेपाल एयरलाइन्सका अनुसार ती यात्रुसँग नियम अनुसार नै ७२ घण्टा भित्रको पीसीआर रिर्पोट थियो । त्यो रिर्पोट भने नेपालमै गरिएको परीक्षणको थियो ।

अर्थात् अघिल्लो दिन काठमाडौंबाट रिर्पोट लिएर गएका यात्रु भोलिपल्ट फर्कँदा ७२ घण्टाभित्रकै पुरानै रिर्पोट देखाएर फर्किए । सोहीकारण नेपाल एयरलाइन्सले पनि उडानको अनुमति दिएकोृ खुलेको छ ।

त्यसो भए किन क्वारेन्टिन पठाउने निर्णय भयो भन्दै नेपाल एयरलाइन्सभित्र नै अलमल भयो । त्यसपछि निगमले नियमबारे स्पष्ट गर्न तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग माग गर्यो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मन्त्रालयले यसबारे स्पष्ट पार्दै भनेको छ, ‘जुन मुलुकबाट यात्रु आउने हो, यात्रुसँग सोही मुलुकमा गरिएको ७२ घण्टा भित्रको पीसीआर हुनुपर्छ ।’

Dirghayu Ads

अर्थात् काठमाडौंमा गरिएको पीसीआर परीक्षण काठमाडौं(दिल्ली उडानमा मात्र मान्य हुनेछ । त्यही व्यक्ति काठमाडौंमा गरिएको परीक्षण अवधि मान्य हुने समयभित्रै दिल्लीबाट काठमाडौं आउन चाहेमा भने दिल्लीमा पुनः कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार अहिले जुन देशबाट यात्रा गर्ने हो सोही देशको पीसीआर रिपोर्ट अनिवार्य गरी दुबै देशका वायुसेवा कम्पनीहरुले कडाइका साथ लागु गरी उडान गरिरहेका छन् ।

(अनलाइनखबर बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.