कञ्चनपुरको कृष्णपुर ५ को अमखैयामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले पूर्वबाट पश्चिम तर्फ गइरहेको से ६ प ७१६७ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल एक–आपसमा ठोकिदा दुईको मृत्यु र २ जना घाईते भएका हुन्। सेतिकाली न्युज बाट सभार
प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार पूर्वबाट पश्चिम तर्फ गइरहेको से ६ प ७१६७ नम्बरको मोटरसाइकलमा सवार धनपा वर्ष २५ का आशिष जोशीको मृत्यु र वर्ष ३० निश्चल राठौर सख्त घाईते भएका छन भने र बिपरित दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ७१५७ नम्बरको मोटरसाइकलमा सवार कष्णपुर नगरपालिका २ वाणीका जनक वोहराको मृत्यु र्भको छ भने उनको मोटरसाईकलमा पछाडी वसेका अन्दाजी वर्ष ३५ का नाम नखुलेका युवक सख्त घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्याइएका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापालले बताउनुभयो ।