Tuesday, January 19, 2021

हेलम्बुको इचोक स्वास्थ्य चौकीमा ६ महिनामा १ सय बच्चा जन्मिए, ‘आमा र बच्चाको स्वाथ्यप्रति सजग छौ’ – अध्यक्ष शेर्पा

- Advertisement -

सिन्धुपाल्चोक – हेलम्बु गाउपालिकामा रहेका २ वटा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । विहिबार हेलम्बु गाउँपालिका– ७ स्थित इचोक स्वास्थ्य चौकिमा एक सयौँ बच्चा जन्मिएकोमा उक्त आमा र बच्चालाई सम्मान गरिएको बर्थिङ सेन्टरका प्रमुख विदुर गिरीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४/७५ हेलम्बुका दुबै बर्थिङ सेन्टरमा गरि आ ब २०७४/७५ मा ५ जना आमाहरुले बर्थिङ सेन्टरबाट सेवा लिएकोमा २०७५/७६मा ७४ जना, २०७६/७७ मा १४७ र यो आर्थिक वर्षको पहिलो ६ महिनामै १२५ आमाहरु सुत्केरी भएका छन ।

गत वर्ष देखि शुरु भएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत ४ वटा स्वास्थ्य चौकिहरुमा भिडियो एक्स-रे सेवा रुटिनमा संचालित रहेको छ भने इचोक स्वास्थ्य चौकिमा नियमित सन्चालन भैरहेको छ ।

सिन्धुपाल्चोकका स्वास्थ्य संस्थाहरु मध्ये हेलम्बु गाउँपालिकाको इचोक स्वास्थ्य चौकी अघिल्लो आर्थिक वर्ष पनि सबै भन्दा बढी बच्चा जन्माउने र उत्कृष्ट स्वास्थ्य सेवा दिने संस्थाको रुपमा चिनिएको थियो ।

यसैबीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्नो जन्म दिन पनि स्वास्थ्य संस्थामा गएर मनाउनु भएको छ । सोही अवसरमा अध्यक्ष शेर्पाले हेलम्बु बासीहरुको स्वास्थ्यप्रति गाउँपालिका सजग रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आमा र बच्चाको स्वास्थ्यको ग्यारेन्टी गरे मात्र समाज स्वथ्य हुनसक्छ, त्यसैले हेलम्बु गाउँपालिका आमा र बच्चाको स्वास्थ्यको ख्याल राख्न प्रतिबद्ध छ ।’ गर्भवती महिलाले बच्चा जन्माउने बेला कुनै कारणबस काठमाडौँ पठाउनु परेमा एम्बुलेन्स सेवा फ्रि गरिएको छ भने स्वास्थ्य संस्थाबाट पाइदै आएको राहत रकममा गाउँपालिकाले थपेर दिने गरेको पनि अध्यक्ष शेर्पाले बताउनुभयो upaharkhabar बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका...

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

जुम्ला। देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका...

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक...

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

काठमाडौं। अबदेखि स्थानीय तहमा करारमा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाबाट निर्णय गरेर मात्र नियुक्त गर्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको...

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले...

काठमाडौं । सरकारले पीडित उखु किसानलाई भूक्तानीका लागि दिएको २१ दिनको समय सीमा सोमबार सकिएको छ । गत पुस १३ गते बसेको उद्योग वाणिज्य...

दुई लाख भन्दा बढीले डाउनलोड गरे ‘नागरिक एप’ !

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ...

बैतडीमा कर्मचारीहरुको तलब बृद्धिको माग गर्दै नगर शिक्षा समितिलाई ज्ञापन पत्र...

बैतडी-  नेपाल विद्यालय कर्मचारी परिषद मेलौली नगर ईकाई कमिटिको बैठक सम्पन्न भएको छ । नगर ईकाई कमिटि अध्यक्ष रामचन्द्र ओझाको अध्यक्षतामा बिभिन्न बिषयहरुमा छलफल...

प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि सुनुवाइ हुँदै, होला त अन्तिम फैसला?

  प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमवारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतवार बहस नसकिएपछि सोमवारका लागि पेशी तोकिएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया