सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश प्रमुख कलौनी :कोभिड-१९ का कारण योगको महत्व बढ्यो

Sana Kishan

 हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लिनुपर्ने बताए । नेपालमा २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । उनले भने, ‘यहाँ पाइने यार्सागुम्बा, शिलाजित, पखानवेद, चिराइतो, कुमकुम, दालचिनी, शिलटिमुर, हर्रो, बर्रो, गुर्जो, लेकतितो जस्ता यहाँका प्रमुख जडीबुटीहरूको, सङ्कलन, प्रशोधन र व्यापारमार्फत यस प्रदेशको समग्र आर्थिक उन्नतिमा विशेष योगदान गर्ने भएकाले यसमा सबैको ध्यान केन्द्रित गर्न आह्वान गर्दछु ।’

साथै प्रदेश आयुर्वेद औषधालयले विभिन्न कार्यक्रम गरेर राष्ट्रिय योग दिवस मनाएको छ । माघ १ गते वीरेन्द्रनगरमा प्रभातफेरि कार्यक्रम आयोजना गरेर राष्ट्रिय योग दिवस मनाइएको हो । साथै योग दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएका तीन दिने कार्यक्रमको समापन गरिएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा शंकरप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार सोही अवसरमा जुममार्फत योगका ऐतिहासिक, शास्त्रीय, वैज्ञानिक, व्यवहारिकलगायतका बहुआयामिक पक्षहरुका बारेमा जानकारी लिन र जिज्ञासा मेटाउन एकसातासम्म कार्यक्रम हुनेछन् ।khabarpashchimeli. बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.