प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्।
उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।
तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन्। वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्। बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुअनुसार आज घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुन्छन् ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।
यो पनि पढ्नुहोस् :असुरो के हो ,कसरी गर्ने प्रयोग , कस्ता रोगीहरुलाई उपयुक्त हुन्छ ?:नेपालमा १२०० मिटर सम्मको उचाइमा पाइने असुरो वनमा पाइने जडिबुटी हो । आयुर्वेदमा यसको महत्वको विषयमा विशेष चर्चा हुन्छ ।यो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो। विभिन्न औषधीय गुण हुने असुरको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हा’निकारक पनि हुन सक्छ।असुरोको बोट बन-जंगल, धाराको छेउछाउ साथै खुल्ला ठाउँहरुमा पाइन्छ ।
असुरोको बुटा प्रायः १ मिटर भन्दा अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ से.मी.सम्म हुन्छ।पातको किनारा धा’रिलो हुन्छ । फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेतवारी एवं कान्लाहरुमा पनि प्रशस्तै पाइन्छ।
श्वासमार्गमा जमेर रहेको कफलाई यसले सजिलै बाहिर निकाल्न मद्दत पु¥याउँछ । गाउँघरमा असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखु जसरी खाने गरिएको पाइन्छ ।यसको हरियो पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँ तथा मासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ।
त्यस्तै धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ।आयुर्वेदअनुसार यसको प्रयोग घाँटी दुख्ने, हृदयरोग, दम, ज्वरो, कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ। तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन भने मिलाउन आवश्यक रहन्छ ।
कस्तो अवस्थामा असुरोको प्रयोग गर्ने ?रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी देखिएमा, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत बगेमा, विकार रक्तको शुद्धीकरण, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा वा सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएको अवस्थामा समेत यसको प्रयोग गर्न सकिन्छ ।यसको पातबाट काढा पकाएर सेवन गरिन्छ। चर्मरोगमा पातको लेदो दलिन्छ। शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ। साथै असुरोबाट जैविक बि’षादी र हरियो मल बनाइन्छ।