घरमा बैठक कोठा र छेउमा गोठ बन्यो,
बैठक कोठामा पाहुनाका लागि सोफा र गोठमा पातलो च्याद्दर ओछ्याइयो!
बुझे, छोरा अब छोरा रहेन। आगनमा तुलसीको मठ भत्काएर पर्किङ्ग स्पट बन्यो
समाजमा समाजसेवीको दोसल्ला भिर्ने मेरो छोरा, घरमा बुढो ‘बा’ लाई चिन्दैन!
सम्झे, अब छोरा अब छोरा रहेन।
अनि म सम्झिन्छु, कहिलेदेखी मेरो हातबाट फुत्क्यो उ!
! ललिपप हुनुपर्ने मुखमा चुरोटको ठुटो र पढ्नुपर्ने कागजमा गाजाका मुन्टा बटार्न थाल्दा
, पुकार गर्ने मुखले सुस्केरा र सीप सिक्ने हातले इसारा दिने गर्दा! त्यही बेला बुझ्नुपर्ने, छोरा अब छोरा रहेन।
तोतेबोलिले बलिको बोका आलिङ्गन गरि भाबुक हुने त्यो छोरा
, टुटेफुटेको अङ्ग्रेजीमा सेकुवा सेक्दै डिस्को धाउदा!
त्यहिबेला बुझ्नु पर्ने, छोरा अब छोरा रहेन।
सामाजिक र नैतिक पढ्दासम्म बा-आमा लाई भगवान ठान्ने उ,
‘बायोलोजी’ पढेर कुनाकान्तारा छामेपछी, बुझ्यो र टेर्न छोड्दा!
बुझ्नुपर्ने, छोरा अब छोरा रहेन। साच्चै, अब मेरो छोरा छोरा मात्रै रहेन!!