Wednesday, January 20, 2021

चीनले बनाएको खाेप अत्यन्तै कमजोर , ब्राजिलमा गरिएको परीक्षणमा ५० प्रतिशत मात्रै प्रभावकारी

- Advertisement -

चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप ब्रजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन्।नयाँ तथ्याङ्कले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको छ। खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ।

ब्रजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो।बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो। यसले मृतप्राय: कोरोनाभाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ।

यो खोप किन्न इन्डोनेसिया, टर्की र सिङ्गापुर तयार रहेका छन्।गत साता ब्रजिलमा परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले खोप कोभिड-१९ का मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए।तर मङ्गलवार उनीहरूले सो तथ्याङ्कमा उपचार आवश्यक नपर्ने सामान्य मध्यम खालका सङ्क्रमण भएका व्यक्तिहरूको तथ्याङ्क समावेश नगरिएको बताएका छन्।त्यो तथ्याङ्क पनि राख्दा यसको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो।

बुटानटान इन्स्टिच्युटले भने सो खोप उपचार आवश्यक पर्ने मध्यम सङ्क्रमणमा ७८ प्रतिशत र गम्भीर सङ्क्रमणमा शतप्रतिशत प्रभावकारी भएको दाबी गरेको छ। सिनोभ्याकको परीक्षणमा फरक देशमा फरक नतिजा देखिएको छ।गत महिना टर्कीका अध्ययनकर्ताहरूले यो ९१.२५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए भने इन्डोनेसियामा यो ६५.३ प्रतिशत प्रभावकारी पाइएको बताइएको थियो।यी दुवै अन्तिम अवस्थाका परीक्षणका अन्तरिम नतिजा हुन्।स्रोत बिबिसी

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुतिरहेका मजदुर माथिबाट ट्रक गुड्दा १५ को मृत्यु !

गान्धीनगर : भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक ट्रक मजदुरमाथि...

भारतीय भूमिमा चीनले गाउँनै बसाल्यो

नयाँदिल्ली । चीनले भारतीय भूमि मिचेर सारी चु नदीको किनारमा एउटा गाउँ बसालेको आरोप लागेको छ । चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशको सारी...

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् । एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा...

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था...

काठमाडौं – भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएका छ । यहाँ कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको...

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान...

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

On भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !! भारतमा आजदेखि कोरोना भाइरसविरु द्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया