Wednesday, January 20, 2021

कस्तो रहला आज देशभरको मौसम ?

- Advertisement -

हाल देशका पहाडी भू-भागमा आंशिक बदली भइरहेको र तराई भू-भागमा हल्का हुस्सु र कुहिरो लागेको छ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राती प्रदेश नं १, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागमा आंशिक बदली हुने देखिन्छ। महाशाखाले प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औंल्याएको छ ।

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आगामी तीन दिनको मौसम पूर्वानुमान ः यि ठाउँमा हुन सक्छ वर्षा...

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।   दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली...

हुस्सु–कुहिरो र वर्षाको सम्भावना, देशका कुन क्षेत्रमा मौसम कस्तो?

On हुस्सु–कुहिरो र वर्षाको सम्भावना, देशका कुन क्षेत्रमा मौसम कस्तो? देशका अधिकांश भागको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान...

साम्य हुन लागेको जाडो दोहोरिँदा तराईको जनजीवन कष्टकर

On साम्य हुन लागेको जाडो दोहोरिँदा तराईको जनजीवन कष्टकरविगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ ।दिनभरी...

आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान...

आजको मौसम : चिसो बढ्ने, सतर्कता अपनाउन आग्रह

देशका अधिकांश भूभागमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली...

पश्चिमी वायुको प्रभाव :कस्तो छ अबको तीन दिनको मौसम ?

काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत पहाडि...

आगामी तीन दिनको मौसम कस्तो छ त ? जानकारी लिनुहोस

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव...

काठमाडौं लगायत मुलुकमा देखिएको वायु प्रदूषणको स्तरमा कमी

काठमाडौं – मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया