Wednesday, January 20, 2021

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

- Advertisement -

जलेश्वर – महोत्तरी जिल्लाबाट आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्य व्यक्तित्वहरुलाई पनि आजै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।

महोत्तरीमा २०७६ साल साउन १३ गतेदेखि शुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रमअन्तर्गत आजसम्म २१ हजार २५९ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । सोमध्ये २०७६ भदौ ८ गतेसम्म दर्ता भएका दुई हजार जनाको राष्ट्रिय परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया आजदेखि शुरु भएको हो । त्यसैगरी आजदेखि विवरण सङ्कलनको काम र परिचय वितरणको कामसँगसँगै हुने प्रजिअ विमलीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्रका लागि अहिले महोत्तरीमा दैनिक औसतमा सय जनाको विवरण सङ्कलन हुँदै आएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा ‘क्यान्सर पीडित चन्द बचाऔं’ अभियान शुरु !

बैतडी-  बैतडीमा अनिल चन्द बचाऔं अभियान शुरु भएको छ । क्यान्सरबाट पीडित चन्दको उपचारमा आर्थिक अभाव भएपछि सामाजिक अभियान्ता महेश भट्टको अगुवाईमा अभियान शुरु...

विदेशको नाैकरि छाडेर ढुंगाखानीमा भविष्य खोज्दै युवा !

बागलुङ : गल्कोटका नगरपालिका–६ भुजुङका ४० बर्से खगेन्द्र श्रीस ८ वर्ष साउदी अरबमा काम गरेर फर्किए । गाउँ फर्किए पनि केही समय विदेश मोहले...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका...

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

जुम्ला। देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका...

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक...

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

काठमाडौं। अबदेखि स्थानीय तहमा करारमा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाबाट निर्णय गरेर मात्र नियुक्त गर्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको...

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले...

काठमाडौं । सरकारले पीडित उखु किसानलाई भूक्तानीका लागि दिएको २१ दिनको समय सीमा सोमबार सकिएको छ । गत पुस १३ गते बसेको उद्योग वाणिज्य...

दुई लाख भन्दा बढीले डाउनलोड गरे ‘नागरिक एप’ !

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया