सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेती नदीमा अटो रिक्सा खस्दा एकजनको मृत्यु , ४ जना घाइते

, २९ पुस । सेती नदीमा अटो रिक्सा खस्दा एकजनको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

Sana Kishan

मंगलबार दिउँसो डोटीको केआईसिंह राजमार्गको बान्डुरीसैनबाट दिपायलतर्फ जादै गरेको STSTC 2-02-001SAHA5402 नम्बरको अटो सडकबाट झण्डै ७० फिट तल सेती नदीमा खस्दा शिखर नगरपालिका–२ बस्ने ५५ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि चालकसहितका अटोमा सवार ४ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते हुनेमा चालक जीतबहादुर जोरा, दीपक जोरा, नरेश पार्की, र अर्जुन पार्की रहेको ट्राफिक प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।khabardarinews.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.