सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हुस्सु–कुहिरो र वर्षाको सम्भावना, देशका कुन क्षेत्रमा मौसम कस्तो?

Sana Kishan

देशका अधिकांश भागको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको हो ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भू–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।सारस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.