Friday, January 22, 2021

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

- Advertisement -

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा  दर्ता  भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ।

सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। सो  विवाद कहाँ सुनुवाइ हुने भन्ने बुधबार मात्र तय हुनेछ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो।

न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए।

प्रधानन्यायाधीशले बुधबारको इजलासमा अर्का न्यायाधीश तोक्नुपर्ने हुन्छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ।

यही १० पुस गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले यही पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन्।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कल प्रति राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने र प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो।

त्यस्तै अदालतले माग गरेको अदालतको सहयोगी (एमीकस क्युरी) मा नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ भने सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठकको नाम सिफारिस गरेको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएको थियो।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधि सभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ।

सो निवेदनमा राष्ट्रपति कार्यालयलाई लिखित जवाफ माग गरिएको छ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी,  दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए।hamrakhabar बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

स्थानीयहरुले विद्युत विस्तार नगरिएको भन्दै ३३ केभी प्रशारण लाइन अवरुद्ध !

दार्चुला-दार्चुलाको शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा समयमै विद्युत विस्तार नगरेको भन्दै  विद्युतको ३३ केभी प्रशारण लाइन अवरुद्ध गरेका छन् । नगरपालिकाको वडा नं ५, ६,...

चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको बैतडीमा मानव-चितुवा द्वन्द व्यवस्थापनमा विज्ञ...

बैतडीमा मानव वन्यजन्तुबीच देखिएको द्वन्द व्यवस्थापनका लागि सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । वन क्षेत्र समन्वय समितिको बैठकले मानव र वन्यजन्तुबीच देखिएको...

भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने !

काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५०...

पहिलो गीत बाटै चर्चामा बैतडीका हंस राज जोशी !

महेन्द्रनगर ! बैतडी जिल्लाको दसरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वालेक जोशीबुङ्गाका बुवा दामोदर जोशी र आमा भान्मती जोशीको कोखबाट जन्मिएका पछिल्लो समयका चर्चित डेउडा गायक...

पर्यटन धार्मिक तथा आस्थाको केन्द्र बन्दै ‘शान्तिधाम’ !

काठमाडौँ। काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ । विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर...

कोरोना भाइरस विरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी: कारण...

नयाँ दिल्ली – कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको...

शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्‍न विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ !

विराटनगरः मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका १ बर्खेका श्रेष्ठको हत्या गरी फरार रहेको...

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन सुरु, कुन तहको कति बेला ?

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीबार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरू भएको छ । कोरोना महामारी जोखिमका कारण अनलाइनका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया