Wednesday, January 20, 2021

अब लाइसेन्सको ट्रायल परीक्षामा ६० नम्बर ल्याए पास

- Advertisement -

अहिले लिखित परीक्षा उत्तिर्ण गरेका अधिकांश परीक्षार्थीहरु ट्रायलमा पुगेर बाहिरिने गरेका छनभने कतिपय लिखित बाटै बाहिरिन्छन त्यसैले लिखित परीक्षा सहजै उत्तिर्ण गर्नका लागि सजिला प्रश्न सोध्ने र सम्भावित प्रश्नहरु विभागको वेबसाइटमा राख्ने तयारीमा विभाग लागेको छ । जसका लागि परिमार्जित १ हजार सम्भावित प्रश्न उत्तर विभागको वेबसाइटमा राखिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

‘हामीले लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षालाई सहज बनाउने तयारी गरिरहेको छौं जुन अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अब लाइसेन्सको लिखितमा सोधिने प्रश्न अहिलेको जस्तो गाह्रो हुँदैन, अब सजिला प्रश्न सोधिन्छ जुन सम्भावित एक हजार वटा प्रश्नहरु विभागको वेबसाइटमा राखिन्छ । त्यसैबाट लिखित परीक्षामा प्रश्न सोधिन्छ, जसले गर्दा परीक्षार्थीले सहजै लिखित परीक्षा पास गर्न सक्छन् ।’

यस्तै, विभागले लाइसेन्सको ट्रायल परीक्षामा पनि प्राप्तांकका आधारमा पास फेल छुट्याउने तयारी गरि रहेको छ । जसका लागि ट्रायलका विभिन्न चरणकोे अंकभार तोकिने छ । जसको पूर्णाङ्क १०० हुन्छ जसमा ६० नम्बर ल्याउनेले ट्रा’यल परीक्षा उत्तिर्ण गर्ने महा निर्देशक हमालले बताए । ‘अहिले अधिकांश मानिसहरु ट्रायलमा हुने थोरै गल्तीले पनि लाइसेन्स पाउन बाट बन्चित छन्,’ उनले भने, ‘अब हामीले ट्रायल परीक्षामा पनि अंकभार तोकेर परीक्षा लिन्छौं जसको पूर्णा’ङ्क १०० हुन्छ जसमा ६० नम्बर ल्याउनेले ट्रायल परीक्षा उत्तिर्ण गर्छ ।’

जसका लागि ट्रायलमा प्रवेश गर्दाको पूर्वतयारी देखि अन्तिमसम्मका लागि अंकभार तोकिएको छ । त्यसैले अब कुनै चरणमा परिक्षार्थीले गल्ती गरे पनि ओभर अलमा ६० नम्बर ल्यायो भने पास हुन्छ । चैतबाट यो सिस्टम लागू हुनेगरी तयारी अन्तिम चरणमा पुगेको हमालले जानकारी दिए । जसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसको बारेमा थप छलफल भैरहेको छ । अहिलेको सिस्टम अनुसार करिव २५ प्रतिशत मात्र लाइसेन्सको परीक्षामा सफल भएका छन् ।

तर, यो सिस्टम लागू भएपछि भने शतप्रतिशत परीक्षार्थी लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा दुवैमा सफल हुने र विचौलियाहरु पनि हट्ने विश्वास हमालले लिएका छन् । ‘अहिले लाइसेन्स परीक्षामा आवेदन दिएका मध्ये २५ प्रतिशत मात्र उत्तिर्ण भएका छन’ उनले भने, ‘यो सिस्टम लागू हुने बित्तिकै शतप्रतिशतले लाइसेन्सको परीक्षा उत्तिर्ण गर्छन् भन्ने मेरो विश्वास छ । यसका साथै यो सिस्टम लागू भएपछि कार्यालयमा भीडभाड पनि कम हुन्छ र घुसखोरी पनि बन्द हुन्छ ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पश्चिम रुकुमको राडी बजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी !

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी...

कलिला मनमा हिंसाको छाप, क्रमशः गुलाबसाह खातुन, कञ्चन पञ्जियार, रेश्मा रसाइली,...

जनकपुरधाम : चार वर्षीया सबिना खातुन पछिल्लो समय स्कुल जान थालेको दुई साता भयो। एलकेजीमा पढ्ने उनी पहिलाजस्तो रमाउँदिनन्। न घरमै खुसी देखिन्छिन्। उनी...

आफ्नो नागरिकताको विवरण अब मोबाइलबाटै सच्याउन सकिने !

काठमाडौं । सरकारले गएको शुक्रबार सार्वजनिक गरेको नागरिक एपमा नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउने भएको छ । गृह...

बैतडीमा ‘क्यान्सर पीडित चन्द बचाऔं’ अभियान शुरु !

बैतडी-  बैतडीमा अनिल चन्द बचाऔं अभियान शुरु भएको छ । क्यान्सरबाट पीडित चन्दको उपचारमा आर्थिक अभाव भएपछि सामाजिक अभियान्ता महेश भट्टको अगुवाईमा अभियान शुरु...

विदेशको नाैकरि छाडेर ढुंगाखानीमा भविष्य खोज्दै युवा !

बागलुङ : गल्कोटका नगरपालिका–६ भुजुङका ४० बर्से खगेन्द्र श्रीस ८ वर्ष साउदी अरबमा काम गरेर फर्किए । गाउँ फर्किए पनि केही समय विदेश मोहले...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका...

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

जुम्ला। देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका...

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया