२१ वर्षीय युवकसँगको सामान्य भानाभनका कारण कु टपि ट भएपछि घ टनास्थलमै केसीको मृ त्यु भएको थियो । सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर घर फर्किरहेका मृ तक केसीको करिब १० बजे राति आफू बस्ने ठाउँभन्दा करिब ३ मिनेटको दुरीमा ह त्या भएको हो । पाँच मिनेटमा घरआइपुग्छु भनेर श्रीमतीलाई खबर गरेको तर, लामो समयसम्म श्रीमान् घर नआएकोले श्रीमती स्टेशनतिर निस्कदा उनले प्रहरी र एम्बुलेन्स देखिन् । प्रहरीसँग आफ्ना श्रीमान्को बारेमा सोधखोज गर्दा प्रहरीले उनको ह त्या भएको पुष्टि गरेका थिए ।’
१० जनवरीको राति १०:१७ बजे लन्डन एम्बुलेन्सलाई खबर गरेपछि एम्बुलेन्स टोली, इन्सिडेन्ट रेस्पोन्स अफिसर लगायत मेडिकलको समूहलाई घ टनास्थल पठाएको लन्डन एम्बुलेन्स सर्भिसका प्रवक्ताले जानकारी दिएका छन् । साथै लन्डन एअर एम्बुलेन्सको ट्रमा टोलीसमेत घ टनास्थल पुगेको भएपनि उनको उपचार सम्भव भएन । घ टनाको सम्बन्धमा एक २१ वर्षीय व्यक्तिलाई प क्राउ गरिएको र हाल उनी प्रहरी हिरासतमा छन्।
मृ तक केसी श्रीमतीसँग बस्दै आएका थिए भने उनका भाइ बुहारी पनि घ टनास्थल आस्पा समै बस्दै आएका छन् । मृ तकको श वलाई बुधबार परिवारका सदस्यलाई भेट्न दिइने भएको छ । मृतककी श्रीमती दार्जिलिङ निवासी हुन् । स्वर्गीय केसी भारत, कुवेत हुँदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । ‘इण्डो चाइनिज’ खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किड रेष्टुरेन्टमा लगायतका विभिन्न रेष्टुरेन्टमा काम गरिसकेका थिए ।निर्दोष व्यक्तिको यस घ टनाले मृ तकका परिवार मात्र नभई सेफ एसोसियसन बेलायत लगायत समस्त बेलायतवासी नेपाली नै स्तब्ध भएको छ।सारस