सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली बहुप्राविधिक शिक्षालय स्थापना र संचालन विधेयक सहितका विधेयक प्रस्तुत भीमदत्त नगरको आठौँ नगर सभामा

कञ्चनपुरको भीमदत्त नगरपालिकाको आठौँ नगर सभा शुरु भएको छ । कार्य व्यवस्था परामर्स समितिको २७ पुषको निर्णय अनुसार मंगलबार नगरपालिकाको आठौँ नगर सभा शुरु भएको हो । सभामा नगरपालिकाले नै संचालन गर्न लागेको महाकाली बहुप्राविधिक शिक्षालय स्थापना र संचालन विधेयक सहितका विधेयक प्रस्तुत गरिएका छन । भीमदत्त नगर प्रवक्ता हिमालय चन्दले नगर सभामा बहुप्राविधिक शिक्षालय स्थापना संचालन सहित स्थानीय वन विधेयक, सुशासन समिति गठन र संचालन नियमावली, लेखा समिति गठन र संचालन नियमावली, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पहिलो संशोधन प्रस्तुत भएका छन । न्गर उप प्रमुख शुशिला चन्दले न्यायिक समिति, राजस्व परामर्श समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिईन । आर्थिक विकास समिति संयोजक डम्बर सिह कार्की(डिके)ले आर्थिक विकास समितिको प्रतिवेदन, समाजिक विकास समितिका संयोजक सर्जन सुनारले समाजिक विकास समितिको प्रतिवेदन, पूर्वाधार विकास संयोजक कमला देबकोटाले पूर्वाधार विकास समितिको प्रतिवेदन, लेखा समिति संयोजक प्रताप तिरुवाले लेखा समितिको प्रतिवेदन, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक भीम बहादुर शाहले सार्वजनिक सेवा तथा क्षमता विकास समितिको प्रतिवेदन, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम प्रकास जैसीले वन वातावरण समितिको प्रतिवेदन, विद्यालय संयोजक प्रमानन्द जोशीले विद्यालय समितिको प्रतिवेदन, यातायात परिचालन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत पुष्कर राज भट्टले चालु आर्थिक बर्ष २०७७÷०७८को पुष मसान्तसम्मको कार्य प्रगति प्रतिवेदन प्रंस्तुत गरेका थिए ।

Sana Kishan

सभाको अध्यक्षता ग्रहण समेत गरेका भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सभामा विभिन्न विधेयक, नियमावली, समितिका प्रतिवेदन तथा कार्य प्रगति प्रस्तुत भएका प्रतिवेदन अध्ययनका लागि दिईएको बताए । ‘अहिले हामीले सबै नगर सभा सदस्यलाई अध्ययनका लागि दिएका छौँ, ‘मेयर विष्टले भने, ‘माघ ९मा नगर सभा बैठक आब्हान गरेर प्रस्तुत सबै प्रतिवेदन पारित गछौँ ।’ नगर सभाको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन तथा वातावरण पुर्व राज्यमन्त्री प्रकास रावलले सभाको सम्बोधन गरेका थिए । भीमदत्त नगरका मेयर विष्टले यस बर्ष समेत नगरको स्थापना दिवस मनाईने बताएका छन ।janasarokarpost.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.