बैतडी–पौष २८/ बैतडीको दोगडाकेदार गाउँपालिकामा अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । संघिय सरकारको सहयोगमा वडा नं ३ श्रीकोटमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको हो । कोरोना संक्रमणको दर बढी रहेकोले कोरोनाका जटिल खालका बिरामीहरुको उपचारका लागी सजिलो होस भनेर गाउँपालिकाले ५ बेडको अस्पताल सञ्चालनमा ल्याएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभएको छ । कोभिड अस्पतालमा एमबिबिएस डाक्टर कुमार कार्कीले सेवा दिइरहेका उहाँको भनाई छ ।
वडा नं ३ को श्रीकोट स्वास्थ्य चौकीबाट मेडिकल अधिकृत द्धारा जनरल ओपीडी सेवा पनि प्रदान भइरहेकोे उहाँले बताउनुभएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक नाथले कोरोना सक्रमितको उपचार र रेखदेख कोरोना अस्पतालले गर्ने बताउनुभएको छ । कोभिड अस्पतालमा एमबिबिएस डाक्टर रहेकाले कोरोना संक्रमितका साथै अन्य बिराममिलाई पनि सेवा लिन सहज हुनेभएको छ ।.radiobaitadi.com बाट सभार