काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्मा आमा बनेकी छन्। मुम्बईको एक अस्पतालमा उनले आज छोरी जन्माएकी हुन।
यो सँगै अनुष्काका श्रीमान तथा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पिता बनेका छन्।
विराटले अनुष्काले सोमबार मध्यान्न छोरी जन्माएको सामाजिक सन्जालमा जानकारी दिएका छन्।
गत बर्ष अनुष्काले विराटसँगै तस्विर सेयर गर्दै आफू गर्भवती रहेको कुरा बताएकी थिइन्।
विराट र अनुष्काले सन् २०१७ डिसेम्बर ११ मा विवाह गरेका थिए।
प्रतिक्रिया