सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नाम र चुनाव चिह्न दाबी गर्दै निर्वाचन आयोगमा जाने ओली समूहको तयारी

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोग जाने भएको छ । पार्टी र चुनाव चिह्न दाबी गर्दै ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराउने बताइएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले नेकपा र चुनाव चिह्न माग गर्दै पटक–पटक आयोगलाई पत्र लेख्दै आइरहेको छ । त्यस्तै अ‍ोली समूहले पनि नेकपा र सूर्य चुनाव चिह्न आफुहरुले पाउनुपर्ने माग गर्दै आयोगलाई पत्र पठाइसकेको छ । आयोगले यसबारे अन्तिम निर्णय गर्न बाँकी रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

नेकपा नेता सुवासचन्द्र नेम्वाङले पार्टी र चुनाव चिह्न आफूहरुले नै पाउने दाबी गरेका छन् । नेता नेम्वाङ अ‍ोली नेतृत्वको नेकपा नेता हुन् ।

Dirghayu Ads

Sana Kishan

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेका थिए । संसद विघटनपछि फुटेको नेकपाका दुवै समूहले पार्टीको नाम र चुनाव चिह्नबारे आ–आफ्नो दाबी गर्दै आइरहेका छन् ।

त्यस्तै प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगलाई निर्वाचन रोक्न माग गर्दै पत्र पठाएको थियो । सोमबार उक्त पत्रको जवाफमा आयोगले चुनावी प्रक्रिया रोक्न नमिल्ने बताएको थियो ।

सोमबार निर्वाचन आयोग पुगेर प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका थिए ।

निर्वाचन आयोगले भने निर्वाचनका कार्यक्रम रोक्न सर्वोच्चको आदेश चाहिने भएकाले तत्काल नरोकिने बताएको नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.