Tuesday, January 19, 2021

यी उपाय अपनाउनुहोस्श ,सरीरका अनावश्यक रौँ हटाउन मन छ भने ?

- Advertisement -

शरीरमा अनावश्यक रौं आएर हैरान हुनुहुन्छ ? त्यसो हो भने चिन्ता नलिनुस्, ब्यूटीसियन नीरु श्रेष्ठले घरमै अनावश्यक रौं हटाउने केही उपाय दिएकी छिन् । उनको सुझाव यस्तो छः

१) घरमै ट्वीजडको सहारामा अनावश्यक रौं हटाउन सकिन्छ । टुइजर्डबाट रौं हटाउनाले अधिक दुखाइ हुनेछ, छाला पनि रातो हुनेछ तर यसलाई रोक्ने उपाय पनि छ।

त्यसका निम्ति, आइब्रो गर्नुअघि तल्लो सतहमा पाउडर लगाउनुहोस् र आइब्रो गरिसकेपछि मज्जाले मोइश्चराइजरले ३ देखि ५ मिनेट मसाज गर्नुहोस्।

यो १५ देखि २० दिनको अन्तरालमा मात्रै गर्नुहोस्। छिटो छिटो गर्दा छालामा चाउरी पर्ने सम्भावना हुन्छ।

२) घरमा मोम स्ट्रिपहरू छन् भने, तिनीहरूलाई सानो टुक्रामा काट्नुहोस् र अनावश्यक रौंहरु हटाउनुहोस्। विशेष गरी ओठको माथिल्लो भागको रौं हटाउने यो सहज तरिका हो।

यसले अप्पल लिपमा भएका अनावश्यक रौंहरु सजिलैसंग सफा पारेर निकाल्न मद्धत गर्छ। यो प्रयोग गर्नुअघि एकपटक प्याच परीक्षण भने गर्नु जरुरी छ।

३) मोम छैन भने घरैमा यो बनाउन सक्नुहुन्छ । पानी तताउनुहोस्, यसमा चिनी मिसाउनुहोस र मज्जाले नपाकेसम्म पकाउनुहोस्। त्यसपछि ग्याँस बन्दगर्नुहोस्।

जब मिश्रण सुनौलो रंगमा परिणत हुन्छ तब यसमा कागतीको रस थप्नुहोस्। मिश्रण चिसो हुन दिनुहोस्। जब यो चिसो हुन्छ तब यसलाई थोरै परिमाणमा लिनुहोस् र छालामा फैलाउनुहोस्।

यसलाई मोम स्ट्रिप जस्तै प्रयोग गर्न सकिन्छ । जसले तपाईंको अनुहार र हातखुट्टामा भएका अनावश्यक रौं सहजै निकाल्न मद्धत गर्छ ।

४) घरमा अनुहार रेजर छ भने,तपाई सम्झनुहोस् आधा समस्या समाप्तभयो। तिनीहरूले छालामा कुनै हाननिनोक्सानी गर्दैनन् । रौंहरु रिसाइज गर्दा अतिरिक्त सतर्क हुनुहोस् ।

५) सबभन्दा प्रभावकारी तरिका, घरमा हुँदा युट्युब भिडियोहरू हेरेर थे्रडिङ गर्न सिक्नुहोस्। यो कला तपाईंको लागि सदा काम आउनेछ।

६) अनावश्यकरुपमा फैंलिंदै गएको कपालको हाँगा छांट्न हेयर कटिङ रेजर प्रयोग गर्नुहोस्। साथै कपालमा मेथी, दही, अण्डाको सेतो भागलगायतका हेयर प्याक बनाएर हप्तामा एकपटक लगाउनुहोस्।

कपालको हाँगा कम हुंदै जान्छ र कपाल मुलायमर सिल्की हुन्छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

धेरैलाई थाहा नहुन सक्छ गुगल सर्चका यी ६ ट्रिक्स !

काठमाडौं । इन्टरनेटको पहुँच र प्रयोग बढ्दै गएसँगै अहिलेको समयमा हामीले कुनै पनि कुरा खोज्नका लागि गुगल सर्चको प्रयोग गरिरहेका हुन्छौं । सामान्य रुपमा...

खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ : धर्मानन्द भट्ट

महेन्द्रनगर -खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ। कसैको केन्द्रमा पद कसैको केन्द्रमा धन छ। मञ्च पाउँदा गालाको नसा रातो गरि बोल्छौ, थाहा छैन र आफ्नो बोलीमा...

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ : धर्मानन्द भट्ट

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ। सधैंभरी घोचपेच र घचेटा-घचेटीको चिन्ता छ। समृद्धि त आएर गएछ सायद चालै पाएन मैले, मलाई भाडा माग्न आउने घरबेटीको चिन्ता छ। तपाईं हावामा...

मानव शरीरमा योगको प्रभाव

योग शब्द संस्कृत भाषाको युज् धातुबाट आएको हो । जसको अर्थ जोड्नु हुने गर्दछ । योगले शरीर, मन, चेतना र आत्मालाई सन्तुलित पार्ने गर्दछ...

यी हुन् ओखर खाँदा हुने फाइदा

‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम्...

मुलुकको स्वाभिमान उठेको बखत : धर्मानन्द भट्ट

मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ। उपलब्धि बिहिन प्रयत्नहरू फगत गरिन्छ। यो भूमी हाम्रो हो गिद्दे नजर नलाएकै राम्रो, कसैले गरेको भए पनि बैना जफत गरिन्छ। झिना मसिना कुरा...

छोरा अब छोरा रहेन।

घरडी कमलेश कोरिया घरमा बैठक कोठा र छेउमा गोठ बन्यो, बैठक कोठामा पाहुनाका लागि सोफा र गोठमा पातलो च्याद्दर ओछ्याइयो! बुझे, छोरा अब छोरा रहेन। आगनमा तुलसीको...

मोबाइलले यसरी आफ्नो मान्छेबाटपनि टाडा बनाउँछ,अनि सुरू हुन्छ झगडा(एकपल्ट अवस्य पढेर...

On मोबाइलले यसरी आफ्नो मान्छेबाटपनि टाडा बनाउँछ,अनि सुरू हुन्छ झगडा(एकपल्ट अवस्य पढेर सेयर गर्नुहोस यो ज्ञानवर्धक जानकारी) हत्केलाभरको मोवाइल अब कुराकानीको माध्यम मात्र रहेन ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया