सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दूध कतिबेला पिउने ? यो हो सहि समय

एजेन्सी – जब सम्पूर्ण भोजनको कुरा हुन्छ, तब यसमा दूधको महत्वपूर्ण भूमिका हुन्छ । दूधलाई तपाई शुद्ध रुपमा वा बेसार र अन्य कुराहरु मिसाएर पनि पिउन सक्नुहुन्छ । दूधमा प्रोटिन, भिटामिन ए, बी १, बी १२, भिटामिन डी, पोटासियम र म्याग्नेशियम हुने भएकाले यो निकै पोषक मानिन्छ ।

मिल्क शेक बनाएर नपिउनुस् । आयुर्वेदका अनुसार दूधलाई मिल्कशेकका रुपमा पिउनु स्वास्थ्यका लागि फाइदाजनक छैन । डाक्टर वसन्त लादद्धारा लेखिएको पुस्तक ‘द कम्प्लिट बुक अफ आयुर्वेदिक होम रेमेडिज’ का अनुसार दूधमा कुनै फल, केरा, आँप आदि मिलाएर प्रयोग गर्नु राम्रो हुँदैन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दूधमा केरा मिसाएर सेवन गर्दा शरीरमा टक्सिन जम्मा हुन थाल्छ र यसका कारण चिसो, एजर्ली तथा छाला सम्बन्धी समस्या देखिन सक्छ ।  आयुर्वेदका अनुसार दूध पिउने एक विशेष समय हुन्छ । कहिले पिउने र कहिले नपिउने भन्ने विषयले यसबाट कसरी ज्यादा लाभ लिन सकिन्छ भन्ने निर्धारण गर्छ ।

दूधलाई बिहान वा राती सुत्नभन्दा अघि पिउनुस् । यदि शरीर बनाउन चाहनुहुन्छ भने यसलाई बिहान पिउनुस्, अन्यथा राती सुत्नुअघि पिउनुस् । यसको अधिक लाभ लिनका लागि तपाईले अस्वगन्धा र त्रिफला मिसाएर पिउन सक्नुहुन्छ, जसले तपाई राम्रो निन्द्रा दिन्छ र तपाईको आँखाका लागि पनि ठिक हुन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.