सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरी नगरपालिका भित्र दिनप्रतिदिन महिलाहरु असुरक्षित बन्दै

अत्तरिया – सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिका भित्र दिनप्रतिदिन महिलाहरु असुरक्षित बन्दै गएका छन् । प्रदेशको राजधानीमै सुरक्षा ब्यबस्था नहुदा दिनप्रतिदिन महिलाहरु असुरक्षित बन्दै गएका हुन् ।

प्रहरी प्रशासनको उदासिनताले नगरपालिका भित्र महिलाहरु एक्लै ढुक्क भएर हिड्ने अबस्था रहेको नगरबासीहरुले गुनासो गरेका छन् । सर्वसाधारणको सुरक्षाका लागि भन्दै ईलाका प्रहरी कार्यालय मालाखेतीले ठाउँ ठाउँमा प्रहरी बिटहरु स्थापना गरेपनि प्रहरीकै बिट नजिक महिलाहरु माथि हातपात र बलत्कारको प्रयासहरु भएका छन् ।

शनिबार मात्रै गोदावरी नगरपालिका –४ खैरानामा अत्तरिया बजार तर्फ आउदै गरेकी एक महिला माथि बलात्कारको प्रयास भएको थियो । गएको असोजमा खैरानामा स्थापना गरिएको प्रहरीको अस्थायी बिट नजिकै जंगल भित्रको बाटोमा उनीमाथि बलात्कारको प्रयास भएको हो ।

World Link Ads
Mahakali Polytechnic

यद्धपी ति महिला जसरी तसरी आफ्नो ज्यान जोगाउदै त्यहाँवाट बच्न सफल भइन् । यसैको ठिक एक महिला अगाडी गोदावरी नगरपालिका भित्रै एक महिलामाथि हातपात र कुटपिट भएको थियो । बजारवाट घर जादै गरेकी ति महिलालाई गाउँघरमै मोटरसाईकलमा आएका २ जना अपरिचित ब्यक्तिहरुले हातपात र कुटपिट गरेर फरार भएका छन् । तर घटनामा संलग्नलाई प्रहरीले अहिले सम्म पहिचान गरी पक्राउ गर्न सकेको छैन ।

Dirghayu Ads

पिडित परिवारले बारम्बार हार गुहार गर्दा पनि एक महिना सम्म प्रहरी सानो क्लु समेत फेला पार्न नसकेको हो । महिलामाथि हुने हत्या , हिसां र जबरजस्ती करणी नियन्त्रण तथा उनीहरुको सुरक्षाका लागि गोदावरी नगरपालिकाले पनि खासै कदम नचालेको नगरबासीहरु बताउदछन् ।

सुरुमा घटना घट्न नदिन प्रहरीले जिम्मेवार बन्नुपर्नेमा घटना घटिसकेपनि प्रहरीको लापरबाही र उदासिनताले न्याय पाउन नसकेको पिडित परिवारले गुनासो पोखेका छन् । घटना घटेको एक एक महिना पुगिसकेको छ तर प्रहरीले हामी गर्दैछौ , हुदैछ भन्ने बाहेक अरु केही नगरेको उनीहरुको गुनासो छ ।

Sana Kishan

पटक पटक ईलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालय कैलालीमा धाउदा समेत घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको पिडित महिलाले बताइन् ।

‘हामी यति दिन प्रहरी कार्यालय धाइसक्यौ तर प्रहरीले यस्तो जघन्य अपराधमा संलग्नलाई अहिले सम्म पक्राउ गर्नु त परै जावस पहिचान समेत गर्न सकेको छैन’ उनले भनिन् – ‘अझ प्रहरीको बेइजत गर्ने गरी प्रहरी पोशाक आएकाहरुलाई समेत प्रहरी प्रशासनले गम्भिर भएर हेरेको छैन ।’

यसले गर्दा समाजमा अन्य महिला दिदिबहिनीहरु पनि झन असुरक्षित बन्दै गएको उनको भनाई छ । यसरी दिनप्रतिदिन बढ्दै गएका महिला माथिका घटनाले समाजमा झन डर र त्रास फैलिएको गोदावरी १० का महिलाहरुले बताएका छन् । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले यस तर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन् ।

उनले आफु न्यायिक समितको संयोजक समेत भएकाले दुवै घटनाको बारेमा बुझेको यसका लागि पिडित पक्षसंग आवश्यक सम्बन्यको काम भैरहेको बताइन् । उनले यस्ता प्रकारका घटनाहरु हुन नदिनका लागि प्रहरी प्रशासनसंग बसेर छलफल गरिने बताइन् ।

उता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी प्रेम बहादुर शाहीले महिला माथि भएको घटनामा संलग्न एक जनालाई पक्राउ गरिसकेको बताए ।

यद्धपी अर्को घटनामा भने कुनै पहिचान नखुल्दा अहिले सम्म पक्राउ गर्न नसकिएको बताए । घटनाको अनुसन्धना जारी राखेको उनको भनाई छ । उनले पछिल्लो समय गाउँ गाउँमा प्रहरीको मोटरसाईकल सहितको गस्तीहरु बढाएर आफुहरुले काम गरिरहेको बताएका छन् ।godawarinews.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.