Friday, January 22, 2021

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै माघीकाे तयारी तिब्र

- Advertisement -

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका कार्यहरू धमाधम भइरहेको धनगढी उपमहानगरपालिका–३ का स्थानीयवासी भगतबहादुर चौधरीले बताए ।

“माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटोलगायतका खानाका पकवानहरू खाने चलन रहिआएकाले दाजुभाइहरू त्यसको खोजीमा जुटेका छन्”, उनले भने । विशेषगरी समुदायमा पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त छन भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्न भ्याइनभ्याइ छ ।

यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका शहरबजार जान थालेका छन् । रोजगारीका लागि बाहिरिएकाहरू पर्व मनाउनका लागि घर फर्कन थालेका छन् ।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खानाका पकवान पकाउन स्थानयवासी व्यस्त देखिन्छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् ।

थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए ।

पश्चिम नेपालको तराईका थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा मनाइने यो पर्वमा विशेषगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गटोलगायतका स्थानीय खानाका पकवान खाने चलन छ । त्यस्तै माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने गरेको भए पनि यस वर्ष भने कोरोनाको सङक्रमणका कारण खासै मेला महोत्सवको तयारी खासै गरिएको देखिँदैन । रासस

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तातोपानी नाका २० दिनका लागि बन्द,मितेरी पुल पुनःनिर्माण हुँदै !

नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निर्माण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन शुरु: बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म कक्षा...

बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरकफरक समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था कञ्चनपुर, ८ माघ ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा...

प्रसिद्ध त्रिपुरासुन्दरीको भण्डार घरमा ताम्रपत्र

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको भण्डार घरको छानामा ताम्रपत्र लगाइएको छ। प्रसिद्ध शक्तिपीठको रुपमा रहेको सो मन्दिरको भण्डार घरको छानो ताम्रपत्रले छाएको त्रिपुरासुन्दरी मन्दिर...

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन सुरु, कुन तहको कति बेला ?

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीबार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरू भएको छ । कोरोना महामारी जोखिमका कारण अनलाइनका...

बैतडीको दनपा ३ मा नेचुरल अर्गनाइजेसनको कार्यसमिति गठन !

बैतडी- नेचुरल अर्गनाइजेसन बैतडीले दशरथचन्द नगरपालिका ३ मा वडा स्तरिय कार्यसमिति गठन गरेको छ । नेचुरल अर्गनाइजेसनका नगर कार्य समिति अध्य प्रविन टेरको अध्यक्षतामा...

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख कारवाही

  काठमाडौं ःवाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा...

अरुको नाममा रहेको एनसेलको सिमकार्ड यसरी आफ्नो नाममा दर्ता गर्नुहोस् !!

यदि तपाईं एनसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने...

पत्रकार अवस्थीले बाबुको स्मृतिमा जेष्ठ नागरिकलाई खिर खुवाए !

कञ्चनपुरका पत्रकार धनन्जय अवस्थीले बाबुको स्मृतिमा महिला तथा बृद्ध सेवा केन्द्रमा बस्दै आएका जेठ नागरिकलाई खिर चका छन । बुधबार भीमदत्त नगरपालिका ५बनखेतको महिला...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया