सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले २ दिन भित्रै नतिजा प्रकाशन गर्ने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो चरण अन्तर्गतका परीक्षाको नतिजा २ दिन भित्रै सार्वजनिक गरिने जनाएको छ। गत असोज दोस्रो साता देखी कार्तिकमा लिएको पहिलो चरणका अनलाइन परीक्षाको नतिजा पुस २९ गते सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको हो।
सुदूरपश्चिमाञ्चाल विश्वविद्यालयका परीक्षा नियन्त्रक देव सिह नाथले काँपी जाँच प्रक्रिया अन्तिम चरणमा पुगेकाले पुस २९ गते पहिलो चरणमा लिइएका परीक्षाको नतिजा सार्वजनिक गरिने बताए।
World Link Ads
Mahakali Polytechnic
Sana Kishan
उनले पहिलो चरण अन्तर्गत २ हजार ५ सय परीक्षार्थीको नजिता २९ गते प्रकाशन गरिने   बताए। उनले त्यस लगत्तै दोस्रो चरणमा लिइएका परीक्षाको पनि नतिजा सार्वजनिकको तयारी गरिरहेको जानकारी दिएका छन्।
विश्वविद्यालयले कोरोना महामारी भयावह हुन नदिन असोज दोस्रो साता देखी पुस दोस्रो साता सम्म तिन चरणमा परीक्षार्थीहरूको अनलाइन मार्फत जाँच लिएको थियो। करिब १२ हजार बढी परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक नाथले बताए।सारस
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.