Sunday, January 17, 2021

निर्वाचन रोक्न माग गर्दै प्रचण्ड : नेपाल समूह निर्वाचन आयोगमा

- Advertisement -

काठमाडौं : निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूह निर्वाचन आयोगमा पुगेको छ।

पार्टीको आधिकारिक पत्र लिएर निर्वाचन आयोगमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, लिलामणि पोखरेल लगायत केही स्थायी कमिटी ससस्यहरु पनि पुगेका छन्। संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको पोखरेलले बताए।

‘संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ। उक्त मुद्दालाई प्रभावित गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेर अगाडि बढिराखेको छ’, पोखरेलले भने, ‘मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको छौं।’

प्रचण्ड नेपाल पक्षले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलिया लगायत पदाधिकारीलाई भेटेर पत्र बुझाउने भएका छन्।ईन्फो खबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ – हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

उपत्यकाका विद्यालय संचालनमा आउँदै

काठमाडौँ – काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले...

जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं – जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । शनिबार साँझ पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना भएको हो...

रानाथारु भाषाको व्याकरण निर्माण सहित अभिलेखीकरण हुने

कञ्चनपुर, ०४ माघ । नेपालमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा विगत लामो समयदेखि आदिवासीको रुपमा बसोवास गर्दै आएका रानाथारु समुदायले बोल्ने मातृभाषाको व्याकरण...

भारतद्वारा सीमावर्ती नेपाली किसानलाई अन्नबाली भित्र्राउन दशजगा सडकमा अवरोध

बेलौरी,कञ्चनपुर नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली भारत भ्रमणमा रहेकै बेला भारतीय पक्षले कञ्चनपुरको सीमा क्षेत्रम नेपालीमाथि ज्यादती गरेको छ । संसद विघटनले केन्द्रमा राजनीतिक...

कांग्रेसको ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम विरुद्ध नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन सनिवार गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत लोकतान्त्रिक...

काँग्रेस नेता सिंहको प्रधानमन्त्रीलाई प्रश्न – ’मै संविधान हुँ भनेर प्रतिनिधिसभा...

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । प्रतिनिधिसभा...

हिउँदमा केटु आरोहण : नेपाली टोलीले राख्यो किर्तिमान

काठमाडौं – नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया