लन्डन:केही वर्षदेखि बेलायत बस्दै आएका कलाकार बद्री केसीले लन्डनमै आत्म ह,त्या गरेका छन्। रुखमा झु,न्डिएको अवस्थामा शनिबार बिहान उनको श,व फेला परेको उनकै सहकर्मी राम थपलियाले जानकारी दिए। आफ्ना साथी, परि वार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको श,व लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झु,न्डिएको अवस्थामा भेटिएको थियो।
केसीका सहकर्मी थपलियाका अनुसार उनको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसो देखि नै सहकर्मीले खोजी शुरु गरेका थिए। उनको फोन समेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको थियो। प्रहरीले शुक्रबार अबेरसम्म खोज्दा पनि नभेटिएका उनको श,व शनिबार मात्रै फेला परेको थियो। आत्म ह,त्या अघि केसीले आफ्नो बैंक खातामा रहेको पैसा समेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ।
आत्म ह,त्याको कारण स्पष्ट भइसकेको छैन। उनको श,व अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ। पोखरा घर भएका केसी झण्डै डेढ दशक अघि अध्ययनका लागि बेलायत आएका थिए। केही वर्षअघि नेपाल फर्कि एका उनीपछि फेरि बेलायत आएका हुन्। अन्नपूर्ण पोष्टमा खबर छ ।